यस्तो छ राजपाको संकेत : सहभागी होला त चुनावमा ?
संसदबाट संविधान संशोधन विधेयक फेल भए पनि राजपाले स्थानीय तहको तेस्रो चरणको चुनावमा जाने संकेत गरेको छ । चुनावमा जाने या नजाने बारेमा औपचारिक निर्णय मंगलबार (आज) बस्ने राजपा पदाधिकारी बैठकले गर्ने बताइएको छ ।
अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले पदाधिकारी बैठकले चुनावमा जाने निर्णय गर्ने बताएको खबर आजको नागरिकमा छ ।