Logo
२३ मंसिर २०८१, आईतबार
(August 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति शमशेर नेतृत्वको छुट्टै दल दर्ता गर्न सर्वोच्चको आदेश

फाइल फोटो

इन्जिना कार्की, काठमाडौँ :  प्रस्तावित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)लाई छुट्टै दल दर्ता गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । साउन २२ गते राणाले बुझाएका हस्ताक्षरलाई नै आधिकारीक मान्नुपर्ने भन्दै न्यायाधीश केसीको इजलासले नयाँ दल दर्ताको निर्णय गर्न निर्वाचन आयोगलाई आदेश दिएको हो ।

प्रस्तावित राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा सहितले दिएको रिटमाथि न्यायाधीश तेजबहादुर केसीको इजलासले मंगलबार उक्त आदेश दिएको हो । साउन २२ गते निर्वाचन आयोगलाई बुझाएको ४० प्रतिशत केन्द्रीय सदस्यको नामावली र हस्ताक्षर कै आधारमा छुट्टै दल दर्ता गर्ने आदेशको माग गर्दै पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले शुक्रबार सर्वोच्च अदालतमा रिट दिएको थियो ।

‘निवेदकको नयाँ दल दर्ता गर्दे सम्बन्धमा आवश्यक पर्ने अन्य कानुनी प्रकृया अपनाई दल दर्ता र चुनाव चिन्ह सम्बन्धमा आवश्यक निर्णय गर्नु,’ उक्त आदेशमा उल्लेख छ । राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर राप्रपा (प्रजातान्त्रिक) दर्ता गर्न राणाले साउन २२ गते निर्वाचन आयोगमा ६४ सांसदको हस्ताक्षरसहित निवेदन दिएका थिए ।

प्रकाशित मिति: Aug 21, 2017

प्रतिक्रिया दिनुहोस्