Logo
१२ श्रावण २०८१, शनिबार
(August 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघको मतदान, सक्यो मतगणना सुरु हुदै

काठमाडौँ : नेपाल पत्रकार महासंघको २५ औ महाधिवेसनको बन्धसत्र अन्तर्गत आगामि नेतृत्वका लागि भएको मतदान कार्य सम्पन्न भएको छ । बिहान ९ बजे आरम्भ भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।

नयाँ नेतृत्वका लागि तीर्थ कोइराला, गोविन्द आचार्य र उजिर मगरको प्यानल चुनावी मैदानमा रहेको छ । नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा १ हजार ५०९ मतदाता भए पनि जम्मा १ हजार ४४९ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।

समितिले मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको र मत गणनाकार्य केही बेरमा सुरु हुने जानकारी दिएको छ ।

 

प्रकाशित मिति: Aug 21, 2017

प्रतिक्रिया दिनुहोस्