Logo
१२ श्रावण २०८१, शनिबार
(August 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्राहकले बिद्युत महसुल घरबाटै तिर्न सकिने व्यवस्था

उमेशराज मेहता, काठमाडौं  : नेपाल विद्युत प्राधिकरणले आफ्नो ग्राहकलाई घरबाटै अनलाइन बिद्युत महसुल तिर्न सकिने व्यवस्था गरेको छ । इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा प्राधिकरणले सोमबारदेखि सुरु गरेको हो । अब महसुल तिर्न प्राधिकरणको शाखा कायाृलयमा गएर घण्टौं लाइन बस्नैपर्ने बाध्यताको अन्त्य गरेको छ । लगनखेलस्थित प्राधिकरण कार्यालयका ग्राहकले सोमबारदेखि अनलाइनबाटै भुक्तानी गर्न थालेका हुन ।

यस्तो महसुल महालक्ष्मी बिकास बैंक, ई–सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्राली, पेप्वाइन्ट, प्राली र सिटी एक्सप्रेसका जुनसुकै शाखाबाट पनि तिर्न सकिनेछ । साथै प्राधिकरणले हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्लीयरिङ हाउससँग पनि सम्झौताकोे तयारी गरेको जानकार िदियो । यस्तो महशुल किओस्क, पोस डिभाइस, मोबाइल एपबाट पनि तिर्न सकिने छ ।

अनलाइन सेवा सुचारु गरेको जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘प्राधिकरणको शाखा कार्यालयमा लाइन लागेर महसुल तिर्नपर्ने बाध्यता अब हट्छ ।’ साथै उनले अब मिटर रिडिङका लागि मिटर रिडरलाई घर-घरमा जानैपर्ने बाध्यतालाई हटाउन लागेको जानकारी दिएका छन् । सबैतिर स्मार्ट मिटर जडान भएपछि कार्यालयबाटै मिटर रिडिङ हुने व्यवस्था पनि गर्ने मन्त्री शाहीको भनाइ छ ।

प्राधिकरणले अबको १५ दिनभित्र उपत्यकाका सबै ग्राहकलाई यस्तो सुविधा दिने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ । बैंक, मोबाइल, वालेट सर्भिस प्रोभाइडर, तथा रेमिट्यान्स कम्पनी गरी अहिलेलाई झन्डै १५ हजार शाखाबाट यस्तो महसुल तिर्न सकिने सुबिधा उपलब्ध भएको छ । यसलाई अझै बिस्तार गर्ने प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित मिति: Aug 21, 2017

प्रतिक्रिया दिनुहोस्