Logo
१२ श्रावण २०८१, शनिबार
(August 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पितृप्रति सम्मानका साथ गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं : प्रत्येक वर्षझै भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा भक्तजनहरको घुइचो लागेका छन । गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीनरतीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ ।

आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लाग्छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । यसैकारण आज  बिहानैदेखि उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष झै यसवर्ष पनि भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा भक्तजनहरको घुइचो लागेको हो ।

गोकर्णमा लाग्ने भीडका कारण यो पर्वका दिन बिहानैदेखि सुन्दरीजल–जोरपाटी र वाग्मतीको करिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिने गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । बौद्ध धर्मावलम्बीले गोकर्णेश्वर महादेवलाई बौद्धका १२ तीर्थमध्ये पुण्य तीर्थ बोधिसत्वका रुपमा मानी पूजाआजा गर्ने गरेका छन् । बौद्ध धर्मावलम्बीले यस दिन गोकर्णमा पितृ उद्धारका लागि १००८ दीप दान गर्छन् ।

गोकर्णेश्वर महादेव मन्दिरमा आज लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि प्रचारप्रसारकै अभावमा अरु बेला भने सुनसान हुने गरेको छ । शास्त्रीयरुपमा वर्णन गरिएको उत्तरगया यही भए पनि त्यसलाई बुझाउन नसक्दा ओझेलमा परेको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष दीपक रिसालले बताए ।

यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका विभागाध्यक्ष प्राडा देवमणि भट्टराईले जानकारी दिए ।

कुशे औँसी पर्व पनि यस दिनपर्ने भएकाले आज सोमबार परेकाले आज उखेलिएको वा काटिएका कुश १२ वर्षसम्म प्रयोग गर्न मिल्ने कथन लोक व्यवहारमा चल्दै आएको छु उनले भने । यसैगरी आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ ।
मृत पिताका नाममा उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

प्रकाशित मिति: Aug 21, 2017

प्रतिक्रिया दिनुहोस्