Logo
१२ श्रावण २०८१, शनिबार
(October 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोपेनहेगनमा फेसन सो : मोडललाई नाङ्गै प्रस्तुत

आदीम कालमा मानिस नाङ्गो थिए । नाङ्गोपनमा पनि सौन्दर्यता हुन्छ । त्यही कुरालाई पून: परिभाषित गर्न कोपेनहेगनमा आयोजना भएको एक फेसन विकमा एक डिजाइनरले आफ्नो सिक्वेन्समा मोडललाई नाङ्गै प्रस्तुत गरिन् ।

डेनिस डिजाइनर निकोलास नेब्रोले आफ्नो डिजाइनको सिक्वेन्समा महिला र पुरुष मोडललाई निवस्त्र प्रस्तुत गरेपछि उनको सिक्वेन्सले ब्यापक चर्चा पाएको छ । मानिसको शरीर प्रति समर्पण गर्ने उद्धेश्यले गरिएको यो सिक्वेन्समा आफुले निवस्त्रपनलाई बढावा दिनु भन्दा पनि सबै मानिसहरुले लुगा लगाउनु भन्दा अगाडी पनि राम्रा देखिन्थे भन्ने कुरालाई देखाउनु रहेको बताए ।

फेसनले उद्योगको रुपमा मान्यता पाएपछि फेसन डिजाइनमा धेरै प्रतिस्पर्धाहरु भए । तर हामी निवस्त्र हुदाँ पनि राम्रा नै देखिन्थ्यौं । सन् २००९ मा डेनमार्कको कोल्डिङ डिजाइन स्कुलवाट ग्राजुएट गरेका निकोलासले सन् २०११ देखि आफ्नै ब्राण्डमा पोशाक उत्पादन गरिरहेका छन् । (एजेन्सी)

प्रकाशित मिति: Aug 20, 2017

प्रतिक्रिया दिनुहोस्