Logo
३१ बैशाख २०८१, सोमबार
(August 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघको अध्यक्षमा ५ जनाको उम्मेदवारी : हेर्नुस् सबै नामावली

काठमाडौँ : राजधानी स्थित प्रज्ञा भवनमा जारी नेपाल पत्रकार महासंघको २५ महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ ।

नयाँ कार्यसमिति चयनका लागि भोलि निर्वाचन हुँदैछ भने यसका लागि आज मनोयन दर्ता भएको हो । निर्वाचन समितिले जारी गरेको उम्मेदवारहरुको अन्तिम सूची अनुसार अध्यक्ष पदका लागि इन्द्रबहादुर राउत, उजिर मगर, गोविन्द आचार्य, तीर्थ कोइरला र भावना विद्रोहीले उम्मेदवारी दिएका छन ।

त्यस्तै, उपाध्यक्षमा दीपक पाठक मात्रिका पौडेल र विपुल पोख्रेल गरी तीन जनाको दाबेदारी परको छ भने महाचिवमा बालकृष्ण बस्नेत र रमेश विष्ट मैदानमा उत्रेका छन ।

हेर्नुस् , सबै नामावली:

प्रकाशित मिति: Aug 20, 2017

प्रतिक्रिया दिनुहोस्