Logo
१ जेष्ठ २०८१, मंगलबार
(August 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघ महाधिवेशनको सबै तयारी पुरा : यस्तो छ, महेन्द्र बिष्टको योजना

काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशनको सम्मपुर्ण तयारी पुरा भएको छ । महासंघका अध्यक्ष महेन्द्र बिष्टका अनुसार आइतबार ८ बजेदेखि नाम दर्ता सुरु हुने छ । बिष्टले आफना फेसबुक मार्फत सबै जानकारी साझा गरेका हुन ।

उनका अनुसार ८ बजेदेखि सहभागीको नाम दर्ता र खानाको कुपन, आइडी कार्ड, पुस्तक तथा स्वास्थ्य सामग्रीसहितको ब्याग वितरण हुनेछ । दर्ता शुल्क प्रति सभासद रु एक हजार तिरेर शाखा अध्यक्षले कलेक्सन गरेर वितरण व्यवस्था गर्नु पर्नेछ ।

काठमाण्डौ स्थित प्रज्ञा भवन कमलादीमा सुरु हुन लागेको महाधिवेशन कार्यक्रम अन्तरगत प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा साढे नौ बजे उद्घाटन सत्र सुरु गर्ने तयारी छ । लगत्तै बन्द सत्र हुने छ ।

त्यही बीचमा उम्मेदवारी दर्ता खुला हुनेछ । सोमबार विहान सबैरे मतदानको कार्यक्रम सुरु हुनेछ । विहान र बेलुकी आइतवार र सोमबार प्रज्ञा भवनमै खानाको प्रबन्ध छ ।

 

प्रकाशित मिति: Aug 19, 2017

प्रतिक्रिया दिनुहोस्