Logo
१२ श्रावण २०८१, शनिबार
(August 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रमै फर्किने पौडेल समूहको तयारी : बादल र अनन्तसँगको छलफल

 

काठमाडौं :  नयाँ शक्ति पार्टीमा विद्रोह गरेका देवेन्द्र पौडेल नेतृत्वको समूह नेकपा माओवादी केन्द्रमै फर्किने तयारी थालेको छ । नयाँ शक्ति पार्टीका संयोजक भट्टराईविरुद्ध गुटबन्दी गर्दै पौडेलले समानान्तर समिति बनाएपछि नयाँ शक्तिले पौडेलसहित १५ जनालाई पार्टीबाट निश्काशित गरेको थियो ।

डेढ वर्षअघि तत्कालिन एकीकृत नेकपा माओवादी परित्याग गरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेका थिए ।  पौडेलसमूहले भट्टराईसँग असन्तुष्टी जनाउँदै वृहत्त ध्रवीकरण संयोजन समिति गठन गरी भेला बोलाएको थियो । पौडेल समूहले छुट्टै भेला बोलाएपछि नयाँ शक्ति पार्टीले उनीहरुलाई निश्काशित गरेको हो ।

नयाँ शक्तिबाट निश्काशित भएका पौडेल नेतृत्वको समूहले माओावादी केन्द्रसँग एकताका लागि शनिवार माओवादी केन्द्रका वार्ता टोलीसँग छलफल गरेको छ । छलफल सकारात्मक रहेको पौडेलले बताए ।  शनिवार नयाँ शक्ति पार्टीको तर्फबाट देवेन्द्र पौडेल, बामदेव क्षेत्री, पासाङ शेर्पा, सुशीला सिर्पाली तथा नेकपा (माओवादी केन्द्र) वाट रामबहादुर थापा (बादल), बर्षमान पुन (अन्नत) बीच वार्ता भएको थियो ।

दुवै पार्टीको वार्ता टोलीबीच नीतिगत, राजनीतिक, बैचारीक विषय र संगठनात्मक विषयमा छलफल भएको र वार्ता सकारात्मक रुपमा अगाडि बढेको पौडेलले जानकारी दिए । नयाँ शक्ति छाडेका उनीहरुले माक्र्सवादी, नेकपा संयुक्त र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग पनि बृहत्त ध्रवीकरणबारेमा सकारात्मक छलफल भएको देवेन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पौडेलसमूहले एक दुई दिनभित्रै एकता गर्ने तयारी गरेको छ । शनिवार भएको वार्तामा आइतबार र सोमबार लगातार छलफल गरी सबै विषयमा टुंगो लगाउने निर्णय भएको छ ।

 

 

प्रकाशित मिति: Aug 19, 2017

प्रतिक्रिया दिनुहोस्