Logo
५ जेष्ठ २०८१, शनिबार
(August 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमल थापावीरुद्ध अपहरणको मुद्दा लिएर पशुपति पुगे सर्वोच्च

काठमाडौँ  : राप्रपा अध्यक्ष कमल थापा र अलगिएर बनेका राप्रापा प्रजातान्त्रिकवीचको सित युद्ध अब भने अदालतमा पुगेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन गरेका राणाले थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका हुन ।  राणाले अपहरण ऐन अन्तरगत थापाविरुद्ध मुद्दा दायर गरेका हुन । शुक्रवार दिउँसो अध्यक्ष राणाले आफ्नो पार्टीका केन्द्रीय सदस्यहरु कमल थापाले अपहरण गरेर बन्धक बनाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

अध्यक्ष राणासँगै नेताहरु दीपक बोहोरा, विक्रम पाण्डे, धु्वबहादुर प्रधान लगायतका नेता कार्यकर्ता सर्वोच्चमा मुद्दा दर्ता गर्न पुगेका थिए । रिटमा राप्रपा प्रजातान्त्रिकले निर्वाचन आयोगबाट मान्यता पाउन लागेको अवस्थामा राप्रपाका कमल थापाले आफ्ना नेता कार्यकर्तालाई अपहरण गरेको, धाकधम्की देखाएको तथा बन्धक बनाएकाले शान्ति सुरक्षाको माग समेत गरिएको छ भने रिटमा थापाले अपहरण गरेर हेटौडामा राखेका आफ्ना पार्टीका केन्द्रीय सदस्यहरुको रिहाइको माग समेत गरिएको छ ।

यसअघि दल दर्ताका क्रमममा निर्वाचन आयोगमा दस्तखत गरिसकेका केन्द्रीय सदस्यहरुले पुनः दस्तखत गर्नुपर्ने भन्ने आयोगको निर्णय खारेज गर्न माग गरिएको नेता दिपक बोहोराले बताए । उनका अनुसार अदालतले रिटको पेशी भने आइतबार तोकेको छ । दुई पार्टीबीचको विवाद सर्वोच्च अदालत पुगेपछि विवादले नयाँ मोड लिएको छ । दुई साताअघि पशुपति शमशेर राणाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

उनले ४० प्रतिशत केन्द्रीय सदस्य र २० जना सांसदको सनाखतसहितको आवेदन बुझाएको दाबी गरेका थिए । तर, कमल थापा पक्षले भने राणाले ४० प्रतिशत पुर्याउन नसकेको भन्दै आयोगमा दिएको निवेदन खारेज गर्न माग गर्दै आएको थियो । आयोगले राप्रपा राणा समूहलाई हस्ताक्षर जुटाउन भदौ ४ गतेसम्मको म्याद दिएको थियो । यसैबीच राणा पक्षले हस्ताक्षर आयोग बुझाइरहेको बेला आफ्ना पक्षका केन्द्रीय सदस्य कमल थापाले अपहरण गरेर हेटौडा लगेर बन्धक बनाएको आरोप लगाएको छ ।

प्रकाशित मिति: Aug 18, 2017

प्रतिक्रिया दिनुहोस्