Logo
२२ बैशाख २०८१, शनिबार
(August 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाण्डौमा हुने यू-१५ साफमा नेपालको लक्ष्य उपाधि

काठमाडौं : काठमाडौंमा सुरु हुने यू-१५ साफ च्याम्पियनसिपमा नेपालको लक्ष्य उपाधि भएको प्रशिक्षक सुनील श्रेष्ठले बताएका छन् ।बिहीबार भएको खेलअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक श्रेष्ठले पहिलो पटक हुन लागेको यू-१५ साफमा घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो टोली बिजयी हुने दावी गरे ।

उनले भने, ‘हाम्रो समूहमा माल्दिभ्स, भारतजस्ता बलिया टोली छन्, उनीहरुलाई हराएर सेमिफाइनल हुँदै फाइनलमा पुग्ने हाम्रो लक्ष्य हो ।’ टोलीका अधिकांश खेलाडीहरु एन्फा एकेडेमीका छन् । गत वर्ष श्रीलंकामा भएको फुटकल फेस्टिवलमा सहभागी भएको टोलीमा केहि फेरबदल गरिएको छ ।

प्रशिक्षक श्रेष्ठले अर्को महिना नेपालमै हुने एएफसी यू-१६ च्याम्पियनसिप छनौटको तयारीमा रहेको नेपाली टोलीलाई यस प्रतियोगिता अभ्यास प्रतियोगिताका रुपमा समेत रहेको बताए । नेपाली टोलीका कप्तान रोशन थापामगरले लामो समयदेखिको तयारी रहेको र टिमका सबै सदस्यले शतप्रतिशत खेले उपाधि जित्न कठिन नरहेको बताए ।

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्