Logo
३० बैशाख २०८१, आईतबार
(August 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्बौंको घाटा हुने विद्युत प्राधिकरण करोडमा झर्‍यो

काठमाडौँ : विसं २०५९ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा करिब रु सात अर्ब घाटा कम गरेर रु ९७ करोड ८९ लाखमा सीमित गरेको छ ।

प्राधिकरणको ३२औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार आव २०७३/७४ मा कूल आय वृद्धि रु ५० अर्ब २२ करोड ९४ लाख हुन पुगेको छ। गत आवमा विद्युत् बिक्रीबाट रु ३५ अर्ब सात करोड ३५ लाख मात्रै आर्जन गर्न सकेको थियो । आव २०७२/७३ मा सञ्चालन नोक्सानी रु तीन अर्ब छ करोड ३९ लाख रहेकामा आव २०७३/७४ मा रु दुई अर्ब ४० करोड ७३ लाखमा सीमित हुन पुगेको छ ।

व्यवस्थापकीय सुधार, चुहावट नियन्त्रण तथा प्राविधिक सुधारका कारण घाटा रकम उल्लेख्यरुपमा घट्न सफल भएको हो । विद्युत् चुहावट न्यूनीकरण, आयातित विद्युत्को औसत खरिद दरमा कमी, विद्युत् महसुल समायोजन, प्रमुख सहरमा नियमित विद्युत् आपूर्ति, आंशिकरुपमा भएको वित्तीय सुधार एवं पुनः संरचनाले खुद नोक्सानी घटाउन सकिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्