Logo
३० बैशाख २०८१, आईतबार
(August 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राहात-साहतको कुरा सक्यो, प्रदेश २ मा निर्वाचन आचारसंहिता लागू

काठमाडौं :  बाढीपिडतहरुलाई भरपुर्ण राहत तथा उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवाजहरु उठरिहेकै बेला आजबाट प्रदेश नम्बर २ मा निर्वाचन आचारसंहिता लागु भएको छ ।

सरकार र मन्त्रीहरु, राजनीतिक दल, सम्वन्धित स्थानीय तह, सार्वजनिक संस्था, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई आचारसंहिता लागू हुनेछ । यस्तै सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेका व्यक्तिलाई पनि आचारसंहिता लागू हुनेछ । आयोगका अनुसार  उम्मेदवारको हकमा २१ गतेबाट आचारसंहिता लागू हुनेछ ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोगले मन्त्रीलाई कालोसूचीमा राख्नेदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । लगातार आचारसंहिता उल्लंघन गर्ने मन्त्रीलाई आगामी ५ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्न सक्ने व्यवस्था पनि गरिएको छ ।

आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लागेको छ । यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तरमा समेत पाइने छैन ।

 

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्