Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ए डिभिजन लिग मंसिर १४ गतेबाट गर्ने निर्णय

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग मंसिर १४ गतेदेखि गर्ने निर्णय गरेको छ । साथै बोर्ड बैठकले एन्फाको गल्तीका कारण एएफसी एसियन क्लब च्याम्पियनसिपको प्लेअफ खेल्न नपाएको थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने प्रारम्भिक निर्णय गरेको छ ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको एन्फा बार्डको ए डिभिजन लिगको मिति तय गरेको हो। २०७० यता ए डिभिजन लिग हुन सकेको छैन् । थ्रीस्टार प्रकरणबारे थप अध्ययनका लागि बैठकले एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुवँरको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ।

समितीका सदस्यहरुमा गणेश चन्द र दिनेश ब्यञ्जकार रहेका छन् । उक्त समितीले थ्रीस्टार प्रकरणको छानविन गरी दश दिन भित्र अध्यक्षलाई रिपोर्ट बुझाउने जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: Aug 16, 2017

प्रतिक्रिया दिनुहोस्