Logo
२७ बैशाख २०८१, बिहीबार
(August 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंसिर १० भित्र प्रदेश र केन्द्रिय संसदको निर्वाचन गर्ने सहमति

काठमाडौं :  तीन ठूला दलका नेताहरु १० मंसिरभित्र प्रदेश र संघीय संसदको दुबै निर्वाचन गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको बैठकमा निर्वाचन मिति सहित समासामयिक राजनीति र देशमा आइपरेको प्राकृतिक प्रकोपका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले आज पहिला प्रमुख तीन दल र त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि सम्मिलित सर्वदलिय बैठक डाकेका थिए ।

आजै मात्र दुबै निर्वाचनहरु एकै पटक गर्न सकिन्छ कि सकिँदैन भनेर आयोग पदाधिकारीसँग छलफल गरेका देउवाले तीन दलको बैठकमा यसबारे चर्चा गरेका थिए । प्रत्युत्तरमा एमाले अध्यक्ष ओलीले, आफूहरुलाई दुबै निर्वाचन एकै पटक हुँदा कुनै आपत्ति नहुने बताएका थिए ।

तीन दलको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासहित एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निर्वाचन आयोगका छिटोभन्दा छिटो अबका निर्वाचनको मिति तय गरेर दिने समझादारी पनि भएको छ ।

निर्वाचन आयोगले निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिएपछि प्रधानमन्त्री देउवाले बुधबार प्रमुख तीन दलका शीर्ष नेताको बैठक डाकेका थिए । निर्वाचन आयोगले भने एकै पटक निर्वाचन गर्न कानूनी तथा प्राविधिक जटिलता रहेको बताएका छन् ।

 

प्रकाशित मिति: Aug 16, 2017

प्रतिक्रिया दिनुहोस्