Logo
१२ श्रावण २०८१, शनिबार
(August 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजी मेडिकल कलेज खरिद मापदण्ड बनाउन समिति गठन

काठमाडौं : सरकारले चिकित्सा शास्त्र अध्ययन गराउने आशयपत्र पाएका निजी मेडिकल कलेजको स्वामित्व खरिदका लागि आवश्यक मापदण्ड बनाउन सरकारले समिति गठन गरेको छ । २३ दिनदेखि अनसनमा बसेर मंगलबार अनसन स्थगित गरेका डा. गोविन्द केसीको माग सम्बोधन गर्न भन्दै सरकारले मनमोहन मेडिकल कलेजलगायत आशयपत्र प्राप्त मेडिकल कलेज खरिद गर्नेबारे अध्ययन गर्न समिति गठन गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीको अध्यक्षतामा शिक्षा र स्वास्थ्य सचिव सदस्य रहने गरी तीन सदस्य समिति गठन गरेको छ ।  केसीले मंगलबार अनसन तोड्ने तयारी गरेको भन्दै मन्त्रिपरिषद् बैठकमा यसबारे निर्णय गर्नु नपरेको मन्त्री बस्नेतले जानकारी दिए । केसीको मागबारेमा छलफल गर्दै अघि बढ्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

यस्तै, मन्त्रिपरिषद् बैठकले यसअघि पदोन्नति गरिएका प्रहरीको पदस्थापन गर्ने निर्णय पनि गरेको मन्त्री बस्नेतले जानकारी दिए । मन्त्रिपरिषद् बैठकमा देशभर भएको बाढीपहिरो र डुबानको क्षतिबारे पनि छलफल भएको थियो । बाढी प्रभावितहरुको राहत तथा ब्यवस्थापनका लािग विभिन्न ठाउँमा बेस क्याम्प खडा गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति: Aug 15, 2017

प्रतिक्रिया दिनुहोस्