Logo
३१ बैशाख २०८१, सोमबार
(August 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काउन्सिलका अध्यक्ष बरालले अब उक्त हैसियतमा काम गर्न नपाउने

काठमाडौं : माओवादी नेतृत्वको सरकारद्वारा प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भवानी बरालले उक्त हैसियतमा काम गर्न नपाउने भएका छन् ।

सर्वोच्च अदालतमा परेको रिटमा न्यायाधीशद्वय दीपकराज जोशी र तेजबहादुर केसीको संयुक्त इजलासले आज (मंगलबार) अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म बराललाई काम गर्न रोक लगाएको हो ।

अधिवक्ताहरू राम अवाले र हिरा खतिवडाले बरालको नियुक्ति अनियमित भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । बरालमाथि रिटमा उनी वरिष्ठ पत्रकार नभएको, जातीय सद्भाव भड्काउने प्रकारका अभिव्यक्ति दिने गरेको र वरिष्ठ अधिवक्ता या सर्वोच्च अदालतका पूर्वन्यायाधीश पनि नभएकोले उनी प्रेस काउन्सिलको अध्यक्षको निम्ति योग्य नभएको भन्दै उनको नियुक्ति बदर गर्न माग गरेका थिए ।

प्रकाशित मिति: Aug 15, 2017

प्रतिक्रिया दिनुहोस्