Logo
१२ श्रावण २०८१, शनिबार
(August 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रीकै कमाण्डमा एयरपोर्टबाट राहत वितरण !

राहत वितरण प्रभावकारी बनाउन गृहमन्त्री जनार्दन शर्मा स्वयंले एयरपोर्टमा कमाण्ड गरिरहेका छन् । अविरल वर्षापछि आएको वाढी पहिरोबाट प्रभावित बनेकाहरुले राहत नपाएको गुनासो बढेपछि गृहमन्त्री शर्माले आफ्नै निगरानीमा  प्रभावकारी राहत वितरणको थालनी गरेको हे ।

एयरपोर्टस्थित राहत सामग्री भण्डार गरिएको स्थानमा पुगेर त्यहाँबाट राहत पुग्न नसकेका स्थानमा गृहमन्त्रीकै संलग्नतामा धमाधम राहत सामग्री पठाउने काम भइरहेको छ ।

गृहमन्त्रीले एयरपोर्टमै गृहसचिव, सुरक्षा निकायका अधिकारीलगायतलाई बोलाएर आवश्यक निर्देशन पनि दिने काम गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्रालयमा पर्सा रौतहटलगायतका स्थानमा हालसम्म पनि राहत सामग्री पुग्न नसकेको भन्दै गृहमन्त्री समक्ष गुनासो आइपुगेपछि राहत सामग्री पीडितसम्म पुर्याउन आफैँले अग्रसरता देखाएका हुन् ।

प्रकाशित मिति: Aug 15, 2017

प्रतिक्रिया दिनुहोस्