Logo
४ जेष्ठ २०८१, शुक्रबार
(October 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरेन्द्र केएमको विचार : बाढी र कोशि ब्यारेजबारे भ्रममा नरहौं !

०६५ भदौ २ गते कोशीको बाँध फूटेपछि विहारले थप ५ ओटा डाइर्भसन नदी बनाएको छ, दुईओटा पहिलादेखि थियो, यी डाइभर्सन अन्य समयमा सिँचाई नहरको रुपमा प्रयोग हुन्छ । यो भ्रममा नबसौँ कि ५६ ओटै ढोका खोल्यो भने बिहारलाई बगाउने छ ! बरु हाम्रै नेपालको सुनसरी, सप्तरी बगेर जानेछ । हो कोशीमा आएको बाढीका कारण बिहारमा पनि समान्य बाढी त आउँछ, तर विगत जस्तै भयावह स्थिति नै सिर्जना चाहिँ हुँदैन ।

– वीरेन्द्र केएम

सुनसरीको तत्कालीन वसन्तपुरको शिशुवाधर्मपुरमा पंक्तिकारको बाल्यकालदेखि २३ वर्षसम्मको उमेर बितेको छ । यस्ता बाढी पहिलोपटक होइन बरु एक वर्षमै कयौँ बाढीसँग हामीले संघर्ष गरेका छौँ । एक होइन तीन किलोमिटरसम्म पानी नै पानीले भरिएको क्षेत्रमा हाम्रो दैनिकी बितेको छ, र यो पनि बुझिराख्नुस् बाढी आएर नै त्यो भेगका जनतालाई धान रोप्न सिँचाई हुन्छ, र यही बाढीको पानीको सहयोगमा उक्त क्षेत्रमा धान उब्जिन्छन् । त्यो भेगका वासिन्दा दुई महिनाको समय अर्थात् बाढीको समयमा कसरी जीवन गुजारा गर्ने त्यो पहिलादेखि नै योजना हुन्छ ।

सुनसरीको हरिपुर, श्रीपुर, नरसिंह, वसन्तपुर, घुस्की यी क्षेत्रका वासिन्दाका लागि बाढी कुनै ठुलो कुरा होइन, आँगनमा पानी, घरमा पानी, यहाँसम्म कि खानेपानीका लागि राखिएको ट्युबेल कल समेत डुबेको हुन्छ, यसै यामका लागि ठुलो पाइप भएको ट्युबेल कलको पनि ब्यवस्था गर्नुपर्ने बाध्यता हुन्छ र यो वर्षेनी हुने सामान्य घटना हो ।

आज सोशल मिडियामा फोटो हेरेर बडा राष्ट्रवादी कुरा गर्नेहरु बरु सक्छौ भने यसको स्थायी सामाधानका लागि दबाब देउ, उपेन्द्र यादवको निर्वाचन क्षेत्र हो त्यो, विगतमा गिरिजाप्रसाद समेतको तर हचुवा तालमा विभिन्न राष्ट्रवादी कुरा तर्क–विर्तक गरे, त्यो भेगका वासिन्दाको घाउमा नुन नछर्कौं ।

कोशी ब्यारेज बनेपछि कम्तीमा दशओटा डाइभर्सन खोला बनाउने कुरा थियो जून अहिलेसम्म योजना नै भएर रहेको छ, नमुनाका लागि मात्र दुईवटा डाइभर्सन खोला छ एउटा सप्तरी हुँदै भारततिर भने अर्को सुनसरी हुँदै फेरि भारततिरै जबकि यस्तै कयौँ डाइभर्सन नहर बनाउने योजना थियो र अहिले पनि सकिन्छ त्यहाँको पानीले सिराहा धनुषासम्म सिँचाइँ हुन सक्छ भने यता झापासम्म र यसो गर्दा न बाढीले प्रत्येक वर्ष भयावह स्थिति बनाउने हो न कोशी ब्यारेजमा कुनै धक्का पुग्ने हो, तर यसबारे सोच्न कसलाई फुर्सद छ ? खाली बाढीको समयमा बडो राष्ट्रवादी कुरा गरी बस्यो, बस् ।

राष्ट्रवाद देखाउन सजिलो छ तर बौद्धिक राष्ट्रवाद देखाऔँ । ढोका खोलिनु पर्दछ तर आवेगमा आएर एकैपटक खोलेमा ठुलो मूल्य चुकाउनु पर्दछ । त्यसैले इन्जिनियरको परामर्श र अङ्कगणितीय परामर्शअनुसार ढोका खोलौँ । हरेक कुरालाई राजनीतिकरण नगरौँ । यो पनि ध्यानमा राखौँ कि यसले भारतलाई कुनै किसिमको ठुलो क्षति पुग्दैन बरु हामी नेपालीकै तहसनहस हुन्छ ।

त्यसैले भावनामा नबगौँ, धरातलीय स्थिति अध्ययन गरौँ । कोशीको ५६ ढोका एकैपटक खोलेमा पानीको बहावले जीर्ण कोशीको पुललाई थेग्न सक्दैन । त्यसैले आवेगमा आएर हैन सोचेर कदम चालौँ ।

‘म स्वतन्त्र देशको नागरिक अनि राष्ट्रवादी पनि तर आफ्नै देशको खोलाको पानी बाहिर पठाउन पनि भारतलाई सोध्नुपर्ने ? यो कस्तो स्वतन्त्रता ? अनि कसरी भयो यो सार्वभौमसत्ता सम्पन्न देश ?’ भनेर धेरैले वालमा लेखेको देखियो ।

५६ वटै ढोका खोल्देउ नेपाल डुब्यो भन्छन् । सरकार पनि ५६ वटै ढोका खोल भनेर बोल्दैछ । यत्रा इन्जिनियर छन् यो देशमा, पुलको अवस्था, पानीको बहाव, अनि ढोका खोल्ने व्यवस्थापनसम्बन्धी ज्ञान कसैलाई नि छैन कि के हो । पानीको बहावलाई नियन्त्रण गर्नको लागि भए पनि एकैपटक सबै ढोका खोल्न मिल्दैन, फेरि पुलको वास्तविक आयु सकिएको र यो जिर्ण रहेकोले यदि सबै ढोका एकैपटक खोल्ने हो भने पुल समेत उड्न सक्छ, बग्न सक्छ ।

पानीको बहावलाई हेरेर विचार गर्दै विस्तारै ढोकाहरू खोलिनु पर्दछ । पानी नखोली नेपालतर्फ नै थुनेर राख्दा पनि पुल तथा बाँध भत्कन्छ र त्यसो भयो भने नेपाललाई भन्दा क्षति भारतलाई हुन्छ, त्यसैले म्यानेज गरेर खोल्नु पर्दछ । एक ढोका खोल्दा त्यसछेउको अर्को ढोका पानीको बहाव नियन्त्रण नहुन्जेल बन्द गरिनु पर्दछ, नत्र त्यही पानीले हानेर सगैको पिलर बगाउन सक्छ ।
राष्ट्रवाद देखाउन सजिलो छ तर बौद्धिक राष्ट्रवाद देखाऔँ ।

ढोका खोलिनु पर्दछ तर आवेगमा आएर एकैपटक खोलेमा ठुलो मूल्य चुकाउनु पर्दछ । त्यसैले इन्जिनियरको परामर्श र अङ्कगणितीय परामर्शअनुसार ढोका खोलौँ । हरेक कुरालाई राजनीतिकरण नगरौँ । यो पनि ध्यानमा राखौँ कि यसले भारतलाई कुनै किसिमको ठुलो क्षति पुग्दैन बरु हामी नेपालीकै तहसनहस हुन्छ । धन्यवाद

प्रकाशित मिति: Aug 13, 2017

प्रतिक्रिया दिनुहोस्