Logo
१७ बैशाख २०८१, सोमबार
(August 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावमा सहभागी हुन राजपा तयार : संशोधन विधेयक भोटिङमा लैजाने सहमति

काठमाडौं : सरकार र राष्ट्रिय जनता पार्टी संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमति भएका छन् । यससँगै राजपा प्रदेश २ मा हुने स्थानीय चुनावमा सहभागी हुनेछ । तर संशोधन अघि बढाउने सहमति भएपनि विधेयकको पक्षमा दुई तिहाई बहुमत अझै देखिएको छैन ।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो । सम्भवत आगामी मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान -भोटिङ) हुनेछ । ‘संशोधनलाई तत्काल अघि बढाउने र पारित गर्ने सहमति भएको छ’ संचारकर्मीहरु सँग राजपा नेता शरतसिंह भण्डारीले भने, ‘संशोधन पास हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

लफलमा राजपा नेताहरुले सरकारलाई संविधान संशोधन विधेयक निर्णायर्थ पेश गर्न आग्रह गरेअनुसार सरकारले आइतबारै सो विधेयक निर्णायर्थ पेश गर्ने सहमति भएको गृहमन्त्री जनादर्न शर्माले संचारकर्मीहरुलाई जानकारी दिए । सत्तारुढ दलका नेताहरुका अनुसार संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर, पास फेल जे भएपनि परीणामलाई स्वीकार गर्दै राजपा चुनावमा जाने सहमति भएको छ । छलफलमा जनआन्दोलन र जनयुद्धका घाइते तथा शहिदलाई बराबर क्षतीपुर्ति दिने सहमति पनि भएको छ । त्यसैगरी राजपाका नेता कार्यकर्तामाथि लगाएको मुद्धा फिर्ता र फैसला भएको मुद्धाको विगो पनि सरकारले लिने सहमति भएको गृहमन्त्री शर्माले बताए ।

 

प्रधानमन्त्रीले बोलाएको बैठकमा सत्ताघटक दलका सवै शीर्ष नेताका साथै राजपाका अध्यक्ष मण्डलका ६ जनै शीर्ष नेता सहभागी थिए । बैठकबाट बाहिरिने क्रममा राजपा नेताहरु उत्साहित देखिएका देखिए । उसले पछिल्लो समय संविधान सशोधन नभए चुनावमा नजाने निर्णय गरेको थियो । बालुवाटारमा भएको यो सहमतिसँगै राजपा बैठकले अव चुनावमा जाने निर्णय गर्ने छ । यस अघि हिजो मात्र सर्वोच्च अदालतले तराई मधेशमा स्थानीय तहको सँख्या थप्ने संकेत गरेपछि राष्ट्रिय जनता पार्टी नेपालले खुशी व्यक्त गरेका थिए ।

 

 

प्रकाशित मिति: Aug 11, 2017

प्रतिक्रिया दिनुहोस्