Logo
१७ बैशाख २०८१, सोमबार
(August 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय विदेशमन्त्री स्वराज र राजपा-फोरमका नेताबीच छुट्टै छलफल

काठमाँडौ :  बिमस्टेकमा सहभागी हुन नेपाल आएकी भारतीय बिदेशमन्त्री सुस्मा स्वराज र राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी फोरमका नेताहरु बीच छलफल हुँदै छ ।

बिहिबार राती ९ बजे एक होटलमा स्वराज र राजपाका नेताहरु बीच छलफलमा संविधान संशोधन लगायतका विषयमा छलफल हुने छ । बिमस्टेक बैठकमा सहभागी हुनका लागी स्वराज बिहिबार मध्यान्न काठमाँडौ आइपुगेकी थिइन् ।

आजै राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतसँग स्वराजले छुटाछुटै भेटघाट गरेकीछन् ।  बिस्मेटकको बैठकको साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

बिमस्टेक बैठकमा व्यापार तथा लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ । फाइल तस्विर 

 

प्रकाशित मिति: Aug 10, 2017

प्रतिक्रिया दिनुहोस्