Logo
१२ श्रावण २०८१, शनिबार
(August 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतिय विदेशमन्त्री स्वराजको यस्तो छ काठमाडौं ‘सेड्युल’

फाइल फोटो

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज विदेश सचिव एस जयशंकरसमेतको टिम सहित बिहिबार १२ः ४५ मा काठमाडौं आउँदै छन् । काठमाण्डौमा हुन लागेको बिमस्टेक बैठकमा सभागी हुन उनी आएता पनि उनको यो नेपाल आगमनलाई निकै महत्वपुर्ण भनिएको छ ।

तत्कालिन केपि शर्मा ओली प्रधानमन्त्रीका बेला बिग्रेको नेपाल सम्बन्धवीच स्वराजको यो आगमनलाई विशेष रुपमा हेरिएको हो । यसअघि भारतिय विदेश मनत्रालय स्थित नेपालसमेत हेर्ने सचिव प्रीति शरण बुधबारै नै काठमाडौं आइपुगेकी छन् ।

स्वराज बिहिबार एर्यर्पोटमा उत्रिए लगतै उनी होटेल जाने छिन भने त्यसपछि लैनचौर स्थित भारतिय दुतावासको ब्रिफिंग बैठकमा पुग्नेछिन । त्यसपछि ४ बजे बलुवाटार स्थित प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गर्नेछिन भने ५ बजे राष्टपति बिद्या भण्डारीसंग भेटवर्ता गर्नेछिन ।

त्यस्तै ६ बजे सोल्टी होटेल स्थित बैठकमा सहभागी हुनेछिन भने त्यसपछि मधेशकेन्द्रित दलका प्रमुख नेताहरुसंग सामुहिक भेटघाट गर्नेछिन । त्यस्तै, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायत नेतासँग राजनीतिक भेटघाट गर्ने स्रोतले उल्लेख गरेको छ ।

प्रकाशित मिति: Aug 10, 2017

प्रतिक्रिया दिनुहोस्