Logo
१२ श्रावण २०८१, शनिबार
(August 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रत्यक्ष कार्यकारी’ को एजेण्डा काग्रेसले नमाने एमालेसँग सहकार्य गर्ने संकेत

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्ता–सहयात्री दल काग्रेसले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा नमाने अहिले शेरवहादुर देउवा पुगेको स्थान (प्रधानमन्त्री)मा आफु पुग्न सक्ने नयाँ खुलासा गरेका छन् । दाहालले नयाँ राजनीतिक कोर्स शुरु हुन सक्ने, देउवाको स्थानमा आफु पुग्न सक्ने संकेत मात्र गरेका थिएनन, उनले आफु तेश्रो पटक प्रधानमन्त्री वने वेस्सरी काम गर्ने समेत वताएका छन् ।

दाहालले वैठकमा उठाएका विषयलाई हेर्ने हो भने उनले जुन कुनै वेला काग्रेसँगको सहकार्य तोडिन सक्नेतर्फ भने संकेत गरेको वुझाई माओवादी नेताहरुको छ । वैठकमा दाहालले अलिक हस्यौलो पारामा पहिलो सरकारका वेला अनुभवको कमीले काम गर्न नसेको, दो श्रो सरकारका वेला अलि– अलि काम गरेको र ते श्रो पटक प्रधानमन्त्री वने भने वेस्मारी काम गर्ने वताएका थिए । ‘अध्यक्षले त्यसै आवेगका भरमा वोल्नु भएको देखिदैन,’ एक नेताले भने, ‘काग्रेसलाई गम्भिरतापूर्वक नै सोच्न आग्रह् गर्ने उदेश्यले वोल्नु भएको देखिन्छ । भएन भने पार्टीले नया कदम उठाउन खोजेको वुझिन्छ ।’

दाहालले पार्टी प्रशिक्षणका क्रममा संकेत नगरेपनि एमाले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा पहिल्यै देखि रहेकोले मुद्दाका आधारमा मत मिल्न जादा एमालेसँग सहकार्य हुन सक्ने वताएका हुन् । माओवादी नेताहरुका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा स्वभाविक रुपमा उठाईसकेपछि राजनीतिक सम्वादका क्रममा माओवादी केन्द्रको सहकार्यको एमालेसँग हुन सक्छ । त्यस्तो अवस्थामा मुद्दा मुदाको रुपमा नभई कार्यान्वयनको चरणमा लैजान नयाँ राजनीतिक समिकरण वन्न सक्ने देखिन्छ । ३ नम्वर प्रदेशका पार्टी केन्द्रीय आयोजक समिति सदस्यहरुलाई ललितपुरको एक पार्टी प्यालेसमा मंगलवार आन्तरिक प्रशिक्षण दिँदै दाहालले यस्ता धारणा व्यक्त गरेका हुन ।

‘माओवादीसँग सहकार्य गर्ने शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूख मान्नुपर्छ, हिजो आफैले मानेको एजेण्डा फेर्ने नैतिक अधिकार कांग्रेस–एमालेलाई छैन’, वैठकमा अध्इक्ष दाहालले ब्यक्त गरेको भनाई उदधृत गदै सहभागी एक नेताले अन्नपूर्णसँग भने, ‘काग्रेसले मानेन भने एजेण्डा मान्ने शक्ति हामीले पाईसकेको छौं, अहिले देउवा पुगेको स्थानमा हामी पुग्न सक्छौं ।’ दाहालले एजेण्डा उठाइसकेपछि मत मिल्ने शक्तिहरुका वीचमा राजनीतिक सम्वाद सहमतिको सहकार्यको प्रक्रिया अगाडि वढ्ने वताउँदै मुद्दालाई मुद्दाको रुपमा मात्र नभई कार्यान्वयनमा लैजान सहकार्यको नयाँ वातावरण पनि निर्माण हुन सक्ने संकेत गर्दै त्यस्तो वताएका हुन् ।

माओवादी केन्द्रले पहिल्यैदेखि उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा संविधान निर्मााण्का क्रममा काग्रेस तयारै नभएपछि फरक मतका रुपमा सुरक्षित राख्दै संविधान निर्माणमा सहयोग गरेको थियो । तर साउन पहिलो साता वसेको माओवादी केन्द्रको सचिवालयको विस्तारित वैठकले पूनः प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डालाई कार्यनीतिक एजेण्डाकै रुपमा अगाडी वढाउने निर्णय गरेपछि पार्टी वैठकमा दाहालको यस्तो प्रतिक्रिया आएको हो । दाहालले तत्काल सत्ता सहकार्यको कोर्स वदल्ने संकेतका रुपमा नभई दलहरुसँगको राजनीतिक सम्वादका क्रममा काग्रेस मानेन भने मुद्दा मिल्ने शक्तिहरुका वीचमा नया कोर्स शुरु हुन सक्ने वताएको वैठकमा सहभागी सचिवालय सदस्य लेखनाथ न्यौपानेले वताए ।

‘अध्यक्षले तत्कालै काग्रेससँग चलिरहेको सत्ता समिकरण वदल्ने र नयाँ राजनीतिक कोर्स शुरुआत गर्ने अर्थमा त्यस्तो वताउनु भएको होइन,’ न्यौपानेले अन्नपूर्णसँग भने, ‘काग्रेसले इमानदारितापूर्वक विगतमा आफैले मानेको मुद्दालाई राजनीतिक सम्वादका क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा मान्छ नै, यदि मानेन भने नयाँ कोर्स शुरु हुन सक्छ भन्ने संकेत भने गर्नुभएको देखिन्छ ।’ एक वर्ष यता दाहालले नेतृत्व गदै आएको पार्टी माओवादी केन्द्रले काग्रेससँग ‘आलोपालो’ नेतृत्वको आधारमा सहकार्य गदै आईरहेको छ । त्यही सहकार्यका आधारमा अध्यक्ष दाहालले नौ महिना सरकारको नेतृत्व गरेपछि अहिले काग्रेस सभापति शेरवहादुर देउवा माओवादी केन्द्रको समर्थनमा सरकारको नेतृत्वमा छन् ।

विगतमा माओवादी वलियो शक्ति हुदा काग्रेस–एमालेले समेत प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डालाई मानेपनि ०७० को संविधानसभामा कमजोर भएपछि नमानेको दृष्टान्त राख्दै दाहालले पार्टी प्रशिक्षणमा अव स्थिर सरकार, देशको विकास र आर्थिक समृद्धिका लागि पनि प्रत्यक्ष निर्वाचित कार्यकारी’ रहने शासकीय प्रणालीमा जार्ने पर्ने तर्क गरे । माओवादीले यो विषयमा पार्टीको आन्तकिर प्रशिक्षण तथा वैठक तथा दुई नम्वर प्रदेशको स्थानीय तहको निर्वाचनपछि राजनीतिक दलहरुको तहमा राजनीतिक सम्वाद गर्ने तयारी गरेको छ । त्यसक्रममा काग्रेससँग गम्भिरतापूर्वक नै यस विषयमा छलफल गर्ने योजना माओवादीको देखिन्छ । त्यो कुारको खुलासा पनि दाहालले वैठकमा गरेका छन् ।

‘हामी अहिले पार्टीको आन्तरिक वैठक-प्रशिक्षणका क्रममा छौं, तत्कालै नया मोर्चावन्दी गर्ने कुरा होइन, यो वैठक सक्ने वित्तिकै काग्रेस–एमालेसँग छलफल गछौं,’ दाहालले भने, ‘उनीहरुले मानेन भने अव यो मुद्दा जनताकै वीचमा लैजाने योजना पनि पार्टीले वनाईसकेको छ ।’ नेपालमा १० वर्षको वीचमा दश ओटा सरकार वदलिएको र यसले मुलुकलाई झनै अस्थिरतामा लगेको, वाह्य चलखेलहरु वढेका कारण पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा पार्टीले कार्यनीतिकै रुपमा अव उठाउन लागेको दाहालको भनाई थियो ।

रामकृष्ण अधिकारीको बाइलाइनमा अन्नपुर्णमा समाचार छ । 

प्रकाशित मिति: Aug 9, 2017

प्रतिक्रिया दिनुहोस्