Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुपरलिगको उपाधिका लागि रियल र यूनाइटेड भिड्न्त

यूरोपा लिग च्याम्पियन्स म्यानचेस्टर यूनाइटेडले मंगलबार राती च्याम्पियन्स लिग च्याम्पियन्स रियल म्याड्रिडको सामना गर्दै छ । युइएफए सुपरकपको फाइनलमा यी दुई टोली फिलिप एरिना स्टेडियममा मंगलबार मध्यराती आमने–सामने हुन लागेका हुन्।

यसअघि जुलाई–२३ मा प्रि सिजनमा यी दुई टोली एकआपसमा भिडेका थिए । निर्धारित समयमा १–१ को गोल अन्तरमा सकिएको खेलको पेनाल्टीमा रियललाई यूनाइटेडले २–१ ले पराजित गरेको थियो । म्यानचेस्टर यूनाइटेडका प्रशिक्षक जोसे मोरिउन्होले यूरोपको उत्कृष्ट टीमसँग पहिलो औपचारिक खेल खेल्न पाउनु निकै राम्रो अवसर भएको बताउँदै प्रि सिजनको मैत्रीपूर्ण खेलको नजिताले यसमा कुनै प्रभाव नपार्ने धारणा व्यक्त गरेका छन् ।

‘रियल विरुद्ध खेल्न हाम्रा खेलाडीहरु उत्साहित छन्,’ उनले भने ‘यूनाइटेडमा प्रायः नयाँ पुस्ताका खेलाडीहरुको बाहुल्यता रहेकाले उनीहरुका लागि राम्रो एक्सोजर हुनेछ।’ रियल म्याड्रिडले गत मे महिनामा यूभेन्टसलाई पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको थियो। रियल म्याड्रिडका प्रशिक्षक जिनेदान जिदानले म्यानचेस्टर विरुद्धको खेलको चर्चा गर्दै भनेका छन्, ‘जनवरीदेखि नै यो सिजन हाम्रा लागि निकै उत्साहपूर्ण रह्यो र यूनाइटेडलाई पन्छाउदै त्यो लय कायम राख्न चाहान्छौ।’

विदामा रहेका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो टीममा फर्केकाले रियल म्याड्रिडका समर्थकहरु खुसी छन्। रोनाल्डो म्यानचेस्टरका पूर्व फरवार्ड समेत हुन्। बालोन डी’ओर विजेता रोनाल्डोलाई क्लबका लुका मोड्रिच र ग्यारेथ बेलजस्ता स्टारको पनि साथ दिनेछन् ।यससँगै सुपर कपको फाइनलमा रियल म्याड्रिड ६ पटक पुगेको छ। जसका सुरुवाती दुई फाइनलमा पराजय भोगेको रियलले त्यसपछिका तीन फाइनलमा विजय हात पारेको छ।

प्रकाशित मिति: Aug 8, 2017

प्रतिक्रिया दिनुहोस्