Logo
१ जेष्ठ २०८१, मंगलबार
(August 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘समाचारको प्रमाण चाहियो’ भन्दै मिडिया अफिसमा प्रहरी हस्तक्षेप

काठमाडौं :  काठमाडौं स्थित अनामनगरबाट संचालित न्यूज अभियान डट कमले प्रकाशित गरेको एक समाचारकाको प्रमाण माग्दै प्रहरीले हस्तक्षेप गरेको छ । कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समाचार लाइृ लिएर केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० का केहि प्रहरी अधिकारीहरु सोमवार अनामनगर स्थित नेशनल भिजन मिडिया ग्रुपद्धारा संचालित न्यूज अभियानको कार्यलयमा गई प्रहरीले धाक धम्की सहित प्रमाण मागेका हुन ।

न्यूज अभियान डट कमको कार्यलयमा फोन सम्पर्क गरि लोकेशन माग्दै आएका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्बन्धित निकायलाई काटेको पत्र तपाईले कसरी भेटेर छाप्नु भो र ? हामीलाई प्रमाण चाहियो भन्न भ्याएका छन् । प्रधान सम्पादक छायाचन्द्र भण्डारीसँग समाचारका बिषयमा कुरा गर्दै आफुलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको इनिस्पेक्टर र सई बताउने क्रमश: हरिबहादुर बस्नेत , किशोर कार्कीले यस्तो कुरा राखेका हुन् । समाचारको प्रमाण यसरी ब्यक्तीले माग्दैमा उपलब्ध गराउन नसकिने भण्डारीले जानकारी गराएपछि केहि बेर विवाद समेत भएको थियो ।

समाचारका विषयमा चित्त नबुझे पत्रकार महासंघ , प्रेस काउन्सिल र कानुनी प्रक्रिया हुँदा हुदैँ नियोजित रुपमा तर्साउने मनसाय लिएर नेपाल प्रहरीका दुई प्रहरी अधिकारी न्यूज अभियान डट कमको कार्यलयमा आउनु आफैमा निन्दनिय कार्य भएको छ । प्रमाण आधारमा बनाइएको उक्त समाचारलाई नक्कली कागज भन्न समेत भ्याइएको छ ।

भण्डारीले भने ‘न्यूज अभियानको कार्यलयमा एकाएक प्रहरी आएर प्रमाण खोज्नु नै प्रेस स्वतन्त्रताको हस्तक्षेप भएको ठहर हाम्रो छ । समाचारका विषयमा चित्त नबुझे महासंघ , काउन्सिल र कानुनी प्रक्रिया सबैका लागि हो ढोका खुला छ तर एकाएक सञ्चार माध्यमको कार्यलयमा आई आधार प्रमाण माग्ने प्रहरीलाई कानुनी अधिकार छैन् ।’

त्यसो त आफुलाई इनिस्पेक्टर र सई बताउने बस्नेत र कार्की न्यूज अभियानबाट बाहिरिएको आधा घण्टा पछाडि (सिआइबी) का एसएसपी शेरबहादुर बस्नेतले फोन सम्पर्क गरि आफुले इनिस्पेक्टर बुझ्नका लागि पठाएको बताए । हामीले न्यूज अभियानमा राखिएको अख्तियारको प्रमाणलाई बुझ्नका लागि पठाएको हो उनले न्यूज अभियानका प्रधानसम्पादक भण्डारीसँग भने ।

सामान्यतय मुलुकको ऐन नियम र कानुन अनुसार शनिबार सार्वजनिक विदा मानिन्छ । यो दिन सरकारी कामकाज हुदैँन पनि । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोहि दिन पत्र किन काटेको भन्ने तत्थ्यगत समाचार प्रमाण सहित न्यूज अभियान डटकमले प्रकाशित गरेको थियो ।

प्रहरीले न्यूज अभियान डट कमको कार्यलयमा एकाएक गैर कानुनीरुपमा हस्तक्षेप गरेको भन्दै भण्डारीले पत्रकार महासंघमा आवस्यक छानबिनका लागि निवेदन समेत दिएकाछन् । जसको बोधार्थ प्रेश काउन्सिललाई समेत दिइएको छ । अख्तियार र नेपाल प्रहरीको बोधार्थ पत्र भोली उपत्यका विदा भएकोले पर्सि बुधबार पठाइने न्यूज अभियान ब्यवस्थापन शाखाले जनाएको छ ।

प्रकाशित मिति: Aug 8, 2017

प्रतिक्रिया दिनुहोस्