Logo
११ श्रावण २०८१, शुक्रबार
(August 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहायक पनि विदामा, २० दिनदेखि सिडिओविहीन

दमक : झापामा प्रमुख जिल्ला अधिकारीविहिन भएको २० दिन भइसक्यो । अहिले सहायक प्रमुख जिल्ला अधिकारी पनि विदामा छन् । प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री साउन २ बाट अर्थ मन्त्रलायमा सरुवा भएपछि उक्त पद खाली भएको हो ।

प्रजिअ नै नभएपछि अन्य सरकारी कार्यालय प्रमुखलाई दैनिक कामकाजको विषयमा दिने निर्देशन तथा जिल्लाको शान्ति सुरक्षामा समेत समस्या परेको छ । नयाँ प्रजिअ पठाउनेबारे गृह मन्त्रालयबाट कुनै जानकारी नआएको इलाका प्रशासन कार्यालय दमकका प्रमुख भोजराज श्रेष्ठले बताए ।

प्रजिअ र सहायक प्रजिअ नभएपछि श्रेष्ठ इलाका प्रशासन कार्यालय दमकबाट जिल्ला प्रशासन कार्यालय आएर काम गर्दैछन् । झापामा दुई जना सहायक प्रमुख जिल्ला अधिकारी हुनुपर्नेमा अहिले एक जना मात्र छन् । डम्बरुप्रसाद निरौलाको सरुवा भएदेखि उनको स्थानमा गृहले अर्को सहायक प्रमुख जिल्ला अधिकारी पनि पठाएको छैन ।

प्रशासन कार्यालयबाट हुने मुद्दासम्बन्धी काम प्रजिअ नहुँदा रोकिएको छ । कार्यालयबाट दिइने सेवासम्बन्धी कुनै काम नरोकिएको उनले बताएपनि सेवाग्राही समस्यामा परेका छन् ।

प्रकाशित मिति: Aug 7, 2017

प्रतिक्रिया दिनुहोस्