Logo
१७ बैशाख २०८१, सोमबार
(August 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्ष मण्डलीसमक्ष हृदयश त्रिपाठीको ‘थ्रेट’ !

काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयश त्रिपाठीले बदलिँदो परिवेशलाई आत्मसाथ गर्दै पार्टी चुनावमा जानुपर्ने धारणा राखेका छन् । पार्टीका शीर्ष नेतालाई सम्बोधन गर्दै नेता त्रिपाठीले असोज २ गते हुने स्थानीय तहको निर्वाचन वहिष्कार गरे राजपाको हैसियत समाप्त हुने चेतावनी समेत दिए ।

रातोपाटीमा उल्लेख समाचार अनुसार आइतबारबाट काठमाडौमा सुरु भएको राजपा केन्द्रीय समिति बैठकमा बोल्दै नेता त्रिपाठीले राजपाले आफनो ‘ओजन’ लाई मध्यनजर गर्दै चुनावमा जानुपर्ने सुझाव दिए ।  ‘दुनियाँलाई थाहा भैसकेको छ हाम्रो ‘ओजन’ कति छ’ उनले भने- पार्टी जोगाउनका लागि मात्र भए पनि चुनावमा जानै पर्दछ ।  यसअघिको पदाधिकारी बैठकमा उपस्थित नभएका त्रिपाठी केन्द्रीय समिति बैठकमा आफ्नो खास समूहसहित उपस्थित भएका थिए ।

उनीसँगै असन्तुष्ट भनिएका अन्य पश्चिमेली (पश्चिम तराईका) नेताहरुको समेत उपस्थिति रहेको थियो । त्रिपाठीले बैठकमा नेताहरुलाई ‘थ्रेट’ को शैलीमा भने ‘राजपाको हैसियत सबैले बुझिसकेका छन् । यसको ओजन कति छ त्यो पनि सवैलाई थाहा छ । तपाईहरुको क्षमता छैन भन्ने प्रष्ट भइसकेको छ । बरु, चुनावको तयारीमा लाग्नुस्त्यो, त्यसमै भलो छ ।’

बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेतृत्वप्रति आक्रोशित देखिएका त्रिपाठीले १,५ र ७ नम्बर प्रदेशमा निर्वाचन बहिस्कार गरेर त्यस भेगका जनतालाई धोखा दिएको टिप्पणी पनि गरे । उनले भने ‘त्यसवेला पार्टी नै दर्ता भइसकेको थिएन त्यहि भएर तपाइहरुले बहिष्कार गर्नुभयो, अव २ नम्बर प्रदेशको चुनावमा भने त्यसो नगर्नुस् ।’

उनले स्थानीय चुनाव बहिस्कार गरेपछि त्यसलगत्तै हुने प्रदेशसभा र केन्द्रीय संसदको चुनाव के गर्नुहुन्छ भन्दै प्रश्न गरे । उनले भने भने ‘अहिले स्थानीय चुनाव बहिस्कार गर्नुहोला, तर प्रदेश र केन्द्रको पनि चुनाव हुदैछ त्यो चुनाव के गर्नुहुन्छ ? त्यो पनि बहिस्कार नै गर्नुभयो भने राजपा पार्टी नै रहँदैन ।

सम्बोधनका क्रममा उनले निर्वाचन बहिस्कार र विथोल्ने नै हो भने ८० प्रतिशत मत नखस्ने बातावरण सिर्जना गर्न सक्नुपर्ने बताए ।

प्रकाशित मिति: Aug 6, 2017

प्रतिक्रिया दिनुहोस्