Logo
१२ श्रावण २०८१, शनिबार
(August 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नालीबेली : यसकारण भारतविरुद्ध आक्रामक हुन सकिरहेको छैन चीन

बीबीसी : भारत र चीनबिच डोकलाम सीमामा जारी गतिरोधको विषयमा एशियाका थुप्रै देशको मिडियामा यो मुद्दा छाएको छ । जापानी मिडियाको नजर पनि यो गतिरोधमा बनेको छ । जापानले निक्केई एशियन रिभ्यूले भारत–चीन तनावमाथि एक रिपोर्ट प्रकाशित गरेको छ । निक्केईले दुबै देशमा सैन्य ताकतबिच अन्धविश्वास जस्ता माहोला भएको बताएका छन् । निक्केईका अनुसार यो तनावको असर चीनियाँ राष्ट्रपति शी जिनपिंगको उक्त कोसिसमाथि पनि पर्नेछ जो सत्तामाथि पुनः कब्जा जमाउने कोसिस गरिरहेका छन् ।

विश्व शक्तिहरु एक आपसमा भिड्दाः

पछिल्लो आइतबार चीनले भित्री मंगोलियाको स्वायत्त इलाकामा जनमुक्ति सेनाको ९० वर्ष पूरा हुँदा विशाल सैन्य परेडको आयोजना गरेको थियो । उक्त परेडमा चीनले आधुनिक सैन्य शक्तिको प्रदर्शन गरेको थियो ।

जनमुक्ति सेनाको वास्तविक ९० औं वर्षगाँठ मंगबार थियो । निक्केईका अनुसार एक चीनियाँ पोष्टरमा लेखिएको थियो, ‘बेइजिङमाथि यत्तिकै पनि कब्जा हुँदैछ । हामीसँग भारतीय बन्नुको साटो कुनै विकल्प छैन ।’ࢋ निक्केइका अनुसार एक इन्टरनेट प्रयोगकर्ताले लेखे, ‘हामीले निकै गर्वसहित आफ्ना शक्तिशाली हतियारको प्रदर्शन गर्यौं तर पनि हामी भारतीय सेनालाई हटाउन सक्दैनौं ?’

भारत–चीन तनावको विषयमा जापान टाइम्सले पनि रिपोर्ट छापेको छ । जापान टाइम्सका अनुसार भूटान संसारको सबैभन्दा सानो देशमध्येको एक हो र चीन उसको सीमा अतिक्रमण गरिरहेको छ । चीनले उक्त इलाकामा सामरिक रुपमा महत्वपूर्ण सडक बनाइरहेको छ भन्दै जापान टाइम्सले लेखेको छ ।

जापान टाइम्सले थपेको छ, ‘भारत र भूटानबिच सुरक्षाको विषयमा सम्झौता छ र यसै सम्झौता अनुसार दुबै देशका सैनिक आमने–सामने छन् । यो मामलामा चीनियाँ सरकारी मिडियाले भारतलाई युद्धको धम्की दिइरहेको छ । चीनले जसरी आफ्नो बिस्तार गरिरहेको छ त्यसरी नै भूटानजस्तो सानो देशका लागि पनि आफ्नो कुरा भन्न सजिलो छैन ।’

निक्केईले लेखेका छन्, ‘दुई देशबिच गतिरोधको सुरुवात मध्य जूनमा भयो । भारतका अनुसार जनमुक्ति सेना डोकलाममा एक सडक निर्माण गरिरहेको थियो । भूटान र चीन दुबैले यो इलाकालाई विवादित मान्दछन् । चीनले यो सीमामार्फत भारतलाई थप घेर्न चाहन्छ । सम्भवतः यो सडक निर्माणको उद्देश्य चीनियाँ सैन्य चौकी स्थापित गर्नु हो र भारत यसलाई आफ्ना लागि खतराको रुपमा हेरिरहेको छ । ’

निक्केईले लेखेका छन्, ‘भारतीय सेनाले जून महिनामा नै डोकलाम सीमा पार गरेर सडक निर्माणमा बाधा पुर्याएको बताइएको छ । त्यसपछि नै दुई देशका सेना आमने–सामने छन् । चीनका अनुसार भारतले अवैध रुपमा चीनियाँ सीमा पार गरेको छ । भारतले आफ्नो सैनिकलाई डोकलामबाट फिर्ता बोलाउनुपर्ने चीनको माग छ । यद्यपी, भारतीय सेना डोकलाम सीमाबाट फिर्ता हुन मानिरहेको छैन । चीनको दाबी अनुसार कुनै पनि देशले यस्तो गरेको छैन जस्तो डोकलाममा भारतले गरिरहेको छ । अहिले चीनले बारम्बार धम्की दिँदै आएको छ र स्थिती सैन्य प्रतिक्रियाभन्दा बाहिरको छ ।’

२० वर्षको राष्ट्रवादः

निक्केईले लेखेका छन्, ‘यसपटक भारतसँगको तनावमा चीन आक्रामक छैन । चीनका इन्टरनेट प्रयोगकर्ताले जुन पोष्ट लेखिरहेको छन् त्यसबाट यो स्पष्ट हुन्छ कि उनीहरुको देश यसपटक आक्रामक हुने छैन । पछिल्लो एक महिनादेखि अन्धराष्ट्रवादी चीनियाँ इन्टरनेट प्रयोगकर्तालाई लागिरहेको छ कि उनीहरुको देश भारतसँग डराएको छ । पछिल्लो २० वर्षको चीनको नीतिलाई हेर्ने हो भने यो राष्ट्रवादको वरिपरि रहेको छ ।’

निक्केईले सन् १९९६ को एक आलेख संकलनको उदाहरण दिएका छन् । यो संकलनमा एक लेखको शीर्षका थियो – चीन राष्ट्रियताको बेस्ट सेलर बन्न अस्विकार गर्नसक्छ । चीनियाँ नेतृत्वले समाजवादको प्रयोग गरेर देशभक्तिको भावनाको पूर्ण प्रयोग गरेको छ ।’

निक्केईले लेखेका छन्, ‘चीनियाँ राष्ट्रपति धेरैजसो राष्ट्रवादको कुरा दोहोराउँछन् । चीनसँग पूर्वी र दक्षिणी चाइना सी मा पनि निकै विवाद र कलह छ । चीनले महत्वपूर्ण क्षेत्रीय हितका लागि आफ्नो कदम पछि नसार्ने स्पष्ट पार्दैै आएको छ । यस्तो माहोलमा भारतीय सैनिकविरुद्ध जनमुक्ति सेना पछि हट्नु भारी राजनीतिक गलत बुझाई हुनसक्छ ।’

कुनै राम्रो समाधान छैनः

निक्केइ लेख्छन्, ‘अहिले भारतविरुद्ध चीन युद्धलाई झेल्नसक्दैन । यदि चीन एक सिमित अभियानमा जीत हाँसिल गर्छ भने पनि अन्तर्राष्ट्रिय समुदायको तर्फबाट यसमा हस्तक्षेप गरिनेछ । त्यसपछि यो बलियो सन्देश जानेछ की चीन शान्तिपूर्ण तरिकाले वैश्विक शान्ति बनाइरहेको छैन ।’

निक्केइले लेखेका छन्, ‘चीन अन्तर्राष्ट्रिय सीमाको उल्लंघन गर्दै इकोनोमिक बेल्ट बनाइरहेको छ । भारतसँग युद्धका कारण चीनको यी कोसिसलाई धक्का लाग्न सिक्छ । यस्तोमा शी जिनपिंगका लागि कम्युनिष्ट पार्टीको कांग्रेस आयोजना हुनु पहिले यो एक झट्काको रुपमा हुनेछ । यसै कांग्रेसमा नयाँ नेताको चयन हुने भएको छ । ’

प्रकाशित मिति: Aug 6, 2017

प्रतिक्रिया दिनुहोस्