Logo
१७ बैशाख २०८१, सोमबार
(August 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीकै पथमा राजपा : बैठकमा नेतृत्वमाथि खनिए पदाधिकारी

काठमाडौं :  राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी बैठकमा शुक्रबार पनि नेतृत्वको कडा आलोचना भएको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित बैठकमा अधिकांश वक्ताहरुले पार्टी नेतृत्वले चुनाव बहिष्कारको नीति लिनु घातक हुने बताए। माओवादीमा जस्तै पछिल्लो पटक गठित राजपामा पनि लामो कार्य समितिलाई कसरी छोटो बनाउने त्यसबारे तयारी सुरु भएको छ ।

जारी पदाधिकारी बैठकमा पनि कुनै निशकर्ष ननिस्केपछि आइतबारबाट केन्द्रिय कार्य समितिको बैठक बोलाइएको छ । बैठक भने माओवादी जस्तै कार्की पार्टी प्यालेसमा गर्ने भएका हुन । माओवादीको ४ हजार केन्द्रिय कार्यसमिति राजपामा झण्डै हजार कार्यसमितिको चर्चा यतिबेला राजनीतिक बृतमा रहेको छ ।

यसअघि बुधबार र बिहीबार पनि वक्ताहरुले नेतृत्वको कडा आलोचना गरेका थिए। निर्वाचनलाई आन्दोलनकै रुपमा अघि बढाउन पार्टीका अधिकांश नेताहरुले नेतृत्वलाई दबाब दिएको पार्टीका नेता केशव झाले जानकारी दिए । नेताहरुले भने आफूहरुको माग सम्बोधन नभई निर्वाचनमा जान नहुने अडान लिएको पनि उनले बताए । शुक्रबारको बैठकमा उपाध्यक्ष गोविन्द चौधरी, गंगाराम यादव, यदुवंश शाह लगायत नेताहरुले चुनावमा पार्टीको सहभागिता अनिवार्य रहेको बताए ।

यसअघि पहिलो र दोस्रो चरणको निर्वाचनमा भाग नलिएर पार्टीले गल्ति गरेको उनीहरुको धारणा छ । महामन्त्री मनिष सुमनसहित राजेन्द्र महतो निकटका नेताहरुले भने संविधान संशोधन प्रस्ताव फेल भएमा चुनावमा जान नहुने धारणा राखे । १ सय ३३ सदस्यीय पदाधिकारी रहेको राजपाको पहिलो पदाधिकारी बैठकमा केही शीर्ष नेता तथा पदाधिकारी अनुपस्थित भए । बैठक शनिबारसम्म जारी रहने पार्टी नेता केशव झाले जानकारी दिए । पदाधिकारी बैठकले आगामी आइतबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गर्नेछ ।

प्रकाशित मिति: Aug 5, 2017

प्रतिक्रिया दिनुहोस्