Logo
१२ श्रावण २०८१, शनिबार
(August 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन, बाल विवाह र दाइजो विरुद्धका २४ योद्धाहरु

काठमाण्डौ ।  देशभरबाट बाल विवाह एवम् दाइजो विरुद्धका २४ जना योद्धाहरुलाई सम्मान गरिएको छ । बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर बाल विवाह एवम् दाइजो विरुद्धका योद्धाहरुलाई सम्मान गरेको हो ।

बानेश्वर स्थित इन्द्रेणी कम्पलेक्समा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केदार बहादुर अधिकारी सम्मान गरेका हुन । विभिन्न क्षेत्रका ३०० भन्दा बढी व्यक्तिहरुको सहभागितामा आयोजित उक्त कार्यक्रम सांसद, रन्जू झा ठाकुर, समाज कल्याण मन्त्रालयका सचिव खगराज बराल, लगायतका ब्यक्तिहरको आतिथ्य रहेको बाल विवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अयिभानका संयोजक राजकुमार महतोले बताए ।

कार्यक्रममा यस राष्ट्रिय अभियानको सद्भावना दुतहरु नयिका श्वेता खड्का तथा डा. सिके सिंहले आफनो आफनो धारणा राखेका थिए । कार्यक्रममा समितिका संयोजक वीरबहादुर महतोले पनि आफना धारणा राखेका थिए ।

सम्मानित हसने, बाल विवाह रोकेका तथा दाइजो नलिई विवाह गरेका योद्धाहरु :
१. कुन्ती भट्ट, बैतडी, २. प्रियंका हरिजन, रुपन्देही, ३. सुनिता कहार, कपलिवस्तु, ४. सिमा के एम, प्युठान
५. नागेन्द्र साह, धनुषा, ६. विनोद जोशी, कैलाली, ७. नन्द किशोर यादव, महोत्तरी, ८. शुशिल कुशवाहा, सर्लाही
९. चन्दन कुमार यादव, सिरहा, १०. महमद अन्सारी, बारा, ११. सुनिल कुमार सर्राफ, बारा
बाल विवाह एवम् दाइजो विरुद्धका आन्दोलनका अभियन्ताहरु :
१२. सफलता भन्डारी, सिन्धुपालचोक जिल्ला, १३. करुणा झा, सप्तरी जिल्ला
१४. हिरा सिंह थापा, दैलेख जिल्ला, १५. रामानन्द दुवे, कपलिवस्तु जिल्ला
१६. नविन मिश्रा, धनुषा जिल्ला, १७. प्रकाश प्रसाद थारु, पर्सा जिल्ला
१८. ब्रिजेश्वर प्रसाद चौधरी, पर्सा जिल्ला, १९. डा. सि. के. सिंह, सप्तरी जिल्ला
बाल विवाह एवम् दाइजो विरुद्धका आन्दोलनमा रणनैतिक योगदान गर्ने व्यक्ति तथा संस्थाहरु :
२०. गल्र्स नट बाइडस, नेपाल, २१. युनिसेफ नेपाल, २२. डिएफआईडी नेपाल,
२३. डा. राजु बाबु श्रेष्ठ, नेपाल पुलिस हेड क्वाटर, नक्साल
२४. डा. किरण रुपाखेती, राष्ट्रिय योजना आयोग

प्रकाशित मिति: Aug 4, 2017

प्रतिक्रिया दिनुहोस्