Logo
१७ बैशाख २०८१, सोमबार
(August 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाकुरले बोलाए ‘तत्कालिन तमलोपा’ को छुट्टै भेला

काठमाडौँ : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को बैठक साउन १८ गतेदेखि शुरु भएको छ । पहिलो चरणमा पदाधिकारीहरुको बैठक बसेको छ भने २२ गतेदेखि दोस्रो चरणमा केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ । असार १४ गते भएको दोस्रो चरणको चुनावपछि यी नेताहरु पार्टीभित्र असन्तुष्टि जनाउँदै आएका छन् ।

त्यस यता उनीहरु कुनै पनि बैठक तथा छलपलहरुमा भाग लिएका छैनन् । पार्टी नेतृत्वले पटक–पटक बैठकमा उपस्थित हुन आग्रह गरेपनि उनीहरु बैठकमा आएका छैन । जारी बैठकमा पार्टीभित्र असन्तुष्टिका स्वरहरु सुनिन थालिएको छ । खासगरी यसअघि महन्थ ठाकुरले नेतृत्व गरेको तमलोपामा आबद्ध नेताहरुमा त्यस्तो असन्तुष्टि देखिएको हो ।

पश्चिम मधेशका नेताहरु हृदयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, वृजेश गुप्तालगायतका नेताहरुले राजपा नेपालमाथि असन्तुष्टि जनाउँदै बैठक समेत बहिष्कार गरेका छन् । उनीहरुले बैठक बहिष्कार गरेपछि राजपा नेपाकका संयोजक महन्थ ठाकुरले पश्चिम मधेशका असन्तुष्ट नेतालाई बोलाएर हिजो छलफल गरेका छन् । पदाधिकारीको बैठक बस्नुअघि बिहान नौबजे तमलोपाको पूरानो कार्यालयमा तमलोपा पक्षधर नेताहरुको बैठक बोलाइएको थियो ।

स्रोतका अनुसार बैठकमा असन्तुष्ट नेताहरुको बारेमा छलफल भएको थियो भने राजपा नेपालभित्र तमलोपाको भूमिकाको बारेमा पनि छलफल भएको थियो । छवटा पार्टी मिलेर बनेको राजपा नेपालभित्र अहिले छवटै अध्यक्षको बराबरको भूमिका रहेको छ । ‘एउटा सांसद रहेको पार्टीको पनि त्यही भूमिका, ११ जना सांसद रहेको पार्टीको पनि त्यही भूमिका हुने न्याय संगत नभएको’ बताउँदै तमलोपा समूहका नेताहरुले उठाएका छन् ।

‘पार्टीभित्र सबैको अधिकार बाराबर हुनै सक्दैन, यदि त्यस्तो हो भने सानो–ठूलो पार्टीको अर्थ के रहन्छ ?’ त्रिपाठीले महन्थ ठाकुरसँग कुरा राखेको स्रोतले जनाएको छ । उनले राजपा नेपालले तयार पारेको अहिलेको विधानले गर्दा तमलोपाका नेताहरुलाई समायोजन गर्न गाह्रो हुने कुरा पनि छलफलमा राखेका थिए ।

यही विधानको आधारमा राजपा नेपाल चल्न नसक्ने बताउँदै यसलाई व्यापक संशोधन गर्नुपर्ने कुरा त्रिपाठीले बैठकमा राखेको बताइन्छ । यही विधानका आधारमा पार्टी अगाडि बढ्यो भने आफूहरुलाई त्यहाँ काम गर्न गाह्रो हुने कुरा त्रिपाठीले प्रष्ट रुपमा राखेको स्रोतले जनाएको बताइन्छ । राजपा नेपालमा छजना प्रत्यक्ष जितेका सांसद रहेका छन् त्यसमध्ये तीनजना पश्चिम मधेशका रहेका छन् ।

तमलोपाको आधार क्षेत्र पश्चिम मधेश हो, तर राजपा नेपालमा पश्चिम मधेशलाई वाइपास गरिरहेको गुनासो संयोजक ठाकुरसमक्ष उनले गुनासो गरेका छन् । राजपा नेपालको कार्यसमिति ८१५ जनाको रहेको छ । जसमध्ये करिब ११५ जनामात्र पश्चिम मधेशबाट केन्द्रीय कार्यसमितिमा राखिएका छन् । सो पार्टीमा १३६ पदाधिकारी रहेका छन् त्यसमध्ये पश्चिम मधेशका १४ जना मात्र परेका छन् । भन्दै रातोपाटीमा खबर छ ।

प्रकाशित मिति: Aug 4, 2017

प्रतिक्रिया दिनुहोस्