Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संशोधन गर्न नदिनु एमालेको राष्ट्रघाती र विखण्डनकारी कदम’

जनकपुर: प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले राष्ट्रबादको चर्को कुरा गरेपनि उसको व्यबहार राष्ट्रघाती भएको आरोप लगाएका छन् । जनकपुरमा शुक्रबार धनुषा कांग्रेसले गरेको पत्रकार सममेलनमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमालेका पछिल्ला गतिविधि राष्ट्रहितभन्दा राष्ट्रघातलाई सघाउने किसिमका भएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा देउवाले भने ‘यदि एमाले साच्चै मधेसको पक्षमा हो र मधेसी जनताको हितमा काम गर्छ भने संविधान संशोधन प्रस्तावमा समर्थन गर्छ । हैन भने ऊ कसरी राष्ट्रबादी ठहरिन्छ ? बोल्दैमा राष्ट्रबादी हुने भए धेरै राष्ट्रबादी भैसक्थे’ देउवाको प्रश्न थियो ।उनले एमालेले संविधान संशोधनको विरोध गरेर राष्ट्रघाती र राष्ट्र विखण्डन गर्ने काम गरिरहेको समेत बताए । भने ‘ यो संशोधन जनताको पक्षमा छ । जनताको पक्षमा भएको संशोधन पारित गर्न उसले रोकिरहेको छ ।’

फरक प्रशंगमा कांग्रेस सभापति समेत रहेका देउवाले असोज २ का लागि तय भएको प्रदेश नम्बर १ को चुनाव कुनै हालतमा नसर्ने पनि बताए । असोज २ को स्थानीय तह चुनावमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन सरकारले प्रयास गरिरहेकाले राजपा समेत सहभागि हुने प्रधानमन्त्री देउवाको विश्वास थियो । देउवाले असोज २ को चुनावमा कांग्रेसले एकसय स्थानीय तह जितेर कांग्रेस पहिलो पार्टी बन्ने दाबी समेत गरे ।

कार्यक्रममा कांग्रेस नेता प्रदिप गिरीले मधेसलाई माया गर्ने पार्टी नेपाली कांग्रेसमात्र भएको भन्दै अरु पार्टीसँग कांग्रेसको तुलना नै गर्न नमिल्ने बताए । अर्का नेता विमलेन्द्र निधीले २ नम्बर प्रदेशमा टिकट वितरण गर्दा न्यायोचित ढंगले वितरण गर्ने भन्दै पहिलेका नामहरु पुनरावलोकन गरेर पठाउने बताए ।

प्रकाशित मिति: Aug 4, 2017

प्रतिक्रिया दिनुहोस्