Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२, विज्ञानको नतिजा शुक्रबार सार्वजनिक हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान विषयको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।

उनका अनुसार शुक्रबार १० बजे नतिजा प्रकाशनका लागि बोर्ड वैठक बोलाइएको छ । कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन गरिएको थियो । बतासका अनुसार विज्ञान विषयमा मुलुकभरबाट करीव ५० हजार परीक्षार्थी सहभागी थिए ।

स्नातह तहमा मेडिकल, इन्जिनियरिङ लगायतका प्राविधिक विषय पढ्न चाहने विद्यार्थीको प्रवेश परीक्षा छिटो हुने हुनाले विज्ञान विषयको मात्र छिटो नतिजा प्रकाशन गर्न लागिएको हो ।

प्रकाशित मिति: Aug 3, 2017

प्रतिक्रिया दिनुहोस्