Logo
१२ श्रावण २०८१, शनिबार
(August 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुती रहेकोबेलामा घुर्ने समस्याको यसरी हुनछ समाधान

सबैभन्दा पहिला समस्या भएको व्यक्ति स्वयंले नियन्त्रणको कोसिस गर्नुपर्छ । शरीर मोटो भएका व्यक्तिले आफ्नो वजन कम गराउनैपर्छ ।

डा. लक्ष्मी आवा, छातीरोग विशेषज्ञ, सुमेरु सिटी अस्पताल

घुर्ने मानिस उत्तानो सुत्नुहुँदैन । शारीरिक व्यायाममा जोड दिनुपर्छ ।  यस्तो समस्या भएका मानिस कोल्टे परेर मात्रै सुत्ने बानी गर्दा पनि केही हदसम्म सुधार हुन्छ । मुख्यतः राति खाना खाँदा धेरै मसला हालेर, चिल्लो, पिरो, धूम्रपान तथा मद्यपान गर्नु हुँदैन ।

घुर्ने समस्या भएका मानिसमा टन्सिल भएको खण्डमा त्यो टन्सिललाई काटेर फाल्नैपर्ने हुन्छ । अहिले सिपाप भन्ने मेसिन आएको छ । यसको प्रयोग पनि उपचारको उत्तम उपाय हो । घुर्ने समस्याको उपचार विधि भनेकै सिपाप हो ।

प्रकाशित मिति: Aug 3, 2017

प्रतिक्रिया दिनुहोस्