Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जयबहादुरदेखि भट्टसम्म ११ जना DIG लाई AIG मा बढुवा

काठमाण्डौ । सरकारले नेपाल प्रहरीका ११ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिले गरेको सफारिस अनुसार डीआईजीहरुलाई एआईजीमा बढुवा गरेको हो ।

बढुवा सिफरिस समितिले गत असार ३१ गते उनीहरुको बढुवाका लागि सिफारिस गरेको थियो । यसअघि बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि सरकारलाई बढुवा गर्न बाटो खुलेको थियो । एआईजीमा बढुवा हुने प्रहरी अधिकृतहरुमा जयबहादुर चन्द, देबेन्द्र सुवेदी, बमबहादुर भण्डारी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन् ।

मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिले गरेको सफारिस अनुसार डीआईजीहरुलाई एआईजीमा बढुवा गरेको हो । बढुवा सिफरिस समितिले गत असार ३१ गते उनीहरुको बढुवाका लागि सिफारिस गरेको थियो । यसअघि बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि सरकारलाई बढुवा गर्न बाटो खुलेको थियो । आजकै मन्त्रिपरिषद बैठकले अर्थशास्त्री डा स्वर्णिम वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: Aug 3, 2017

प्रतिक्रिया दिनुहोस्