Logo
५ जेष्ठ २०८१, शनिबार
(August 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता अभिलेख नहुदाँ काठमाडौंका CDO तनावमा !

काठमाडौं, १९ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सीडीओ यतिबेला तनावमा छन् । जिल्लाको मुख्य अड्डामा नागरिकता अभिलेख नहुदाँ उनी तनावमा फसेका हुन ।

हालै मात्रै एक सहसचिवको नागरिकता अभिलेख प्रशासनमा नभेटिदाँ उनले राहदानी बनाउन नपाएको रहस्य बाहिरीएको छ । कार्यालयको कन्तबिजोक हटाउन कसैले पहल गरेको पाइन्न ।

यतिबेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बालकृष्ण पन्थी जेठ अन्तिम साता गृह मन्त्रालयबाट काठमाडौं सीडीओमा सरुवा भएपछि उनी अहिले कार्यालयको दुरअवस्था देखेर दिक्क छन् ।

वर्षौंदेखिका नागरिकताका अभिलेख भएपनि सुरक्षित नरहँदा उनी यतिबेला के गर्ने के नगर्नेमा तनावमा छन् । स्रोतका अनुसार अधिकांश अभिलेख धुजाधुजा भएको बताइन्छ । कति धमिराले खाइसकेका छन् रेकर्डनै छैन ।

स्रोतका अनुसार सबै फाइल गायब नभई ०४१, ०४२ र ०४६ सालका केही चलानी फाइल फेला परेको तर काम नलाग्ने अवस्थामा रहेको जनाइएको छ ।

हजारौं सर्वसाधारणको नागरिकता लिएको प्रमाण नभएपछि सीडीओ कार्यालयमै बेला बेलामा तनाव उत्पन्न हुन्छ । अब कसरी पंन्थीले मिलाउलान् त्यो हेर्न बाँकी छ ।

प्रकाशित मिति: Aug 3, 2017

प्रतिक्रिया दिनुहोस्