Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री नै नारायणगढ-मुग्लिन सडकको हिलोमा पुगेपछि

चितवन : प्रधानमन्त्री शेरबहादुर देउवाले मुग्लिन-नारायणगढ सडकखण्डको निर्माण कार्य द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका छन् । निर्माणाधीन मुग्लिन-नारायणगढ सडकको अनुगमनमा बुधबार चितवन पुगेका देउवाले यस्तो निर्देशन दिएका हुन् ।

नारायणगढ-मुग्लिन सडकखण्डको हिलाम्य सडकमै पसेर प्रधानमन्त्री देउवाले अवलोकन गरेका छन् । ‘निर्माणका क्रममा अप्ठेरो परे सरकार सहयोग गर्न तयार छ तर बाटो जति सक्दो छिटो बन्नु पर्‍यो’ सरोकारवालासँगको अन्तक्रिया कार्यक्रममा देउवाले भने ।

उक्त सडकखण्ड मुलुकै लाइफलाइन भएकाले मानवीय संवेदनालाई ख्याल गरी यथासीध्र काम सम्पन्न गर्न देउवाले आग्रह गरे । दासढुंगाको प्रेसिडेन्सी रिसोर्टमा आयोजित कार्यक्रमा यातायातमन्त्री वीरबहादुर बलायरले अबका दिनमा कुनैपनि बहाना पारेर म्याद थप गर्न नदिने स्पष्ट पारे ।

कार्यक्रममा अयोजना प्रमुख चन्द्र नारायण यादवले हालसम्म भएका कामको प्रगति विवरण प्रधानमन्त्रीसामु प्रस्तुत गरेका थिए । अनुगमन कार्यक्रममा पूर्वमन्त्रीहरु प्रकाशसरण महत, बालकृष्ण खाँड लगायतको समेत उपस्थिति थियो ।

त्यसैगरी प्रधानमन्त्री कार्यलयका सचिव चन्द्र घिमिरे, भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका सचिव देवेन्द्र कार्की सहभागी थिए । अनुगमनमा गएका प्रधानमन्त्री देउवाले निर्माणाधीन सडकको विभिन्न खण्डको अवलोकन गरेका थिए ।

सडकको स्तरोन्नतिका लागि दुई वर्षमा सक्ने गरी सन २०१५ अप्रिलमा काम सुरु गरिएको थियो। सडक निर्माणका लागि हालसम्म दुई पटक म्याद थपिएको छ । पछिल्लो समय २०१८ फेब्रुवरीमा काम सक्ने गरी म्याद थपिएको छ ।

तीन ठेकेदार कम्पनीले जिम्मा लिएको यस सडकखण्डको काम समयमै नहुँदा पहिरो गइरहने गरेको छ। जसका कारण यस सडकबाट यात्रा गर्ने यात्रुले सास्ती व्यहोर्दै आएका छन् । यसक्रममा पहिरोका कारण प्रहरीसहित थुप्रै यात्रुले ज्यान गुमाइसकेका छन् । रासस

 

प्रकाशित मिति: Aug 2, 2017

प्रतिक्रिया दिनुहोस्