Logo
१७ बैशाख २०८१, सोमबार
(August 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब संसद छोडेर आन्दोलनमा जान्छौं : राजपाका शीर्ष नेता  

काठमाडौं :  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताहरुले सरकारले आफुहरुलाई २ नंम्बर प्रदेशमा हुन गइरहेको स्थानीय तह चुनावमा सहभागि हुने बातावरण नबनाएको आरोप लगाएका छन् ।

न्यूज र्पोटल रातोपाटीसँगको कुराकानीमा उनीहरुले आफ्ना माग पुरा गर्नेतर्फ सत्तारुढ दल र सरकार नलागेर उनीहरुमात्रै चुनावको तयारीमा लागेको गुनासो समेत गरे ।  ‘स्थानीय चुनावमा सहभागि नभए प्रदेश र संसदको चुनावमा समेत सहभागि हुने कुरा हुदैन, त्यसपछि हाम्रो आन्दोलन कसरी अघि बढ्छ भन्ने कुरा त्यतिवेला नै थाहा हुन्छ ।’

राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने –‘हामी अहिलेकै अवस्थामा चुनावमा जाने पक्षमा छैनौं, जानै सक्दैनौं। संविधान संशोधन, मुद्वा फिर्ता र मधेस आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरेपछिमात्रै निर्वाचनमा जाने बाताबरण बन्छ ।’ नेता झाले सरकारले आफ्ना माग पुरा नगरे संसद छोडेर आन्दोलनमा जाने समेत बताए । भने ‘ सरकार सधै हामीलाई अल्मल्याइरहन्छ भने हामी संसद छोड्न तयार छौं । संसद छाडेर आन्दोलनमा जान्छौैं, त्यो हाम्रो बाध्यता हो ।’

यस्तै अर्का नेता शरदसिंह भण्डारीले सरकारले तीनबुँदे सम्झौता कार्यन्वयन नगरेको भन्दै सरकारले अरु दलसँग संशोधनबारे छलफल गर्न नै चासो नदेखाएको बताए । उनले अरु दलहरुसँग छलफल गरेर संशोधन प्रस्ताव पास हुने बतावरणसहित विधेयक प्रकृयामा लगे त्यसबाट आउने परिणाम राजपा स्वीकार्न तयार रहेपनि सरकार त्यो बाटोमा नहिँडेको आरोप लगाए ।

भण्डारीले भने ‘कुनै पनि विद्यार्थी परिक्षा दिन जाँदा फेल हुन्छु भनेर जाँदैन । त्यसैगरी सरकारले पनि संशोधन प्रस्ताव पास गर्न गृहकार्य गर्ने, दलहरुलाई मनाउने काम गर्नुपर्छ त्यति गर्दा पनि नभए मात्रै हामी आउने परिणाम स्वीकार्न तयार छौं ।’ अर्का नेता राजेन्द्र महतोले सरकारले आफुहरुका माग पुरा नै नगरी २ नम्बर प्रदेशको चुनावमा लागेको भन्दै मधेसका समस्यामा सरकार गम्भिर नभएको आरोप लगाए ।

उनले केन्द्रीय पदाधिकारी बैठक र केन्द्रीय समिति बैठकले राजपा २ नम्बर प्रदेशको चुनावमा भाग लिने या नलिने भन्नेबारेमा निर्णय गर्ने बताए । महतोले केन्द्रीय कमिटि बैठकको निर्णय नै आधिकारिक हुने भएकाले बैठकपछि मात्र चुनावमा भाग लिने नलिने थाहा हुने बताए । उनले भने‘साउन २२ गतेबाट केन्द्रीय समिति बैठक बस्दैछ त्यसले जस्तो निाणर््य गर्छ राजपा त्यहि गर्छ ।’

यसअघि सरकारले साउन महिनाभित्र राजपाका माग पुरा गर्ने बताइसकेको छ । त्यसक्रममा आन्दोलनका मृतकलाई शहिद घोषणा गरिसकेको छ भने मुद्वा फिर्ताको काम पनि धेरैजसो भइसकेको जनाएको छ । त्यस्तै क्षतीपुर्ति दिने काम पनि भइरहेको सरकारले जनाएको छ । #ratopati

प्रकाशित मिति: Aug 2, 2017

प्रतिक्रिया दिनुहोस्