Logo
२३ बैशाख २०८१, आईतबार
(August 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजापाको नयाँ कार्यालय उद्घाटन (फोटो फिचर)

विभिन्न ६ ओटा  राजनीतिक दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय सञ्चालनमा आएको छ । बबहरमहलस्थित मधेसी कर्मचारी संगठनको भवनमा राजपाले नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो ।

तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई–मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय आज उद्घाटन गरिएको हो ।

राजपाका अध्यक्ष मण्डलका पाँच नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी र अनिल झाले संयुक्त रूपमा झण्डोत्तलन गरेका थिए। कार्यालय सञ्चालनमा आएसँगै राजपाको पदाधिकारी बैठक पनि सुरु भएको बुझिएको छ ।

पार्टी एकिकरणपछि पहिलोपटक बस्न लागेको पदाधिकारी बैठक तीन दिनसम्म चल्ने र बैठकले राजनीतिक प्रस्तावसँगै थप कार्यसूची तय गरिने बताइएको छ ।

प्रकाशित मिति: Aug 2, 2017

प्रतिक्रिया दिनुहोस्