Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमानस्थलबाट बाहिर आउन अस्वीकार

बहिराहरुको ओलम्पिक २०१७ मा विजय हासिल गरेर फर्किएका खेलाडीहरुले दिल्ली विमानस्थलबाट बाहिर आउन अस्वीकार गरेका छन् । प्रतियोगितामा शानदार प्रदर्शन देखाएपनि खेलकुद मन्त्रालयको तर्फबाट कुनै पनि अधिकारीहरु उनीहरुको स्वागतका लागी नआएको र उनीहरुको सम्मानका लागी कुनै प्रकारका कार्यक्रमको आयोजना नगरेको भन्दै इस्तानबुलबाट हालै मात्र फर्किएका खेलाडीहरु तथा स्टाफहरु उक्त कुराले क्रुद्ध बनेका हुन् ।

इस्तानबुलमा सम्पन्न भएको बहिराहरुको ओलम्पिकमा भारतको तर्फबाट करिब ४६ खेलाडीहरुले सहभागिता जनाएका थिए । बहिरा ओलम्पिकमा भारतले एक स्वर्ण पदकका साथै पाँच पदक हासिल गरेको थियो । तर, खेलकुद मन्त्रालयले भने खेलाडीहरुको वेवास्ता गरेको उनीहरुको आरोप छ ।

खेलाडीहरुको भनाई अनुसार खेल मन्त्रालयका अधिकारीहरु उनीहरुसगं कुरा गर्न समेत तयार छैनन् । ‘यदि कसैले हाम्रो कुरा सुन्न चाहँदैन भने हामी हाम्रो पदकहरु फिर्ता गरिदिने छौँ,’ उनीहरुको भनाई छ ।

प्रकाशित मिति: Aug 1, 2017

प्रतिक्रिया दिनुहोस्