Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतकै योजनामा ओली तिब्बत गएको खुलासा !

काठमाडौं । कट्टर कम्युनिष्ट विचारधारा र धर्मनिरपेक्षताको वकालत गर्ने पार्टी नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सबैलाई चकित पार्ने काम गरेका छन् । पत्नी र केही सहयोगीहरू लिएर केही दिन अगाडि तिब्बतको मानसरोवरमा धार्मिक भ्रमणमा गएर ओलीले कसलाई खुसी बनाउन खोजेका हुन् बुझ्न सकिएको छैन ।

एमाले अध्यक्ष ओली किन हिन्दू धर्मप्रति यति धेरै लचक बनेका हुन् खोजीको विषय बन्न थालेको छ । यति मात्रै होइन बेलाबेलामा ओलीले हिन्दू धर्म र हिन्दूराष्ट्रका पक्षमा घुमाउरो भाषामा समर्थन गर्ने गरेका छन् । ओलीको यो लाइन भारतीय पक्षलाई खुसी बनाउन कै लागि आउने गरेको स्रोतको भनाइ छ ।

ओलीले यसो गर्नुको कारणा खोज्दै जाँदा भने अर्कै रोचक प्रसंग फेला परेको छ । दुई हप्ता अगाडि उपचारको बहाना बनाएर बैंकक पुगेका ओलीले त्यहाँ रहँदा भारतीय गुप्तचर संस्था ‘रअ’ सँग सम्पर्क गरेका थिए । स्रोतका अनुसार ‘रअ’को निर्देशनमा ओली मानसरोवर पुगेको र त्यहाँबाट फर्किएर आए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिला संसदको निर्वाचन गर्ने भनेर अभिव्यक्ति दिएका थिए ।

ओलीका पछिल्ला अभिव्यक्ति र काम गराई सबै भारतीय पक्षसँग मेलखाने गरेर आएका छन् । भारतपनि नेपालाई हिन्दूराष्ट्र हुनुपर्छ भन्ने मान्यता राख्छ । त्यसैगरी, भारतले नेपालमा संघीयतालाई खासै रुचाएको छैन ।

बाहिरबाट हेर्दा भारतको चर्को विरोध गर्ने गरेका एमाले अध्यक्ष ओली भित्रभित्रै भारतसँग बिग्रिएको सम्बन्धलाई सुधार गर्न लागेका छन् । उनले भारतलाई चिड्याउने गरेर कुनै पनि गतिविधि गरेका छैनन् । भारतविरुद्ध अभिव्यक्ति दिनुपर्दा ओलीले आफूले कहिल्यै बोल्दैनन् । उनले आफू निकटका दोस्रो तहका नेताहरूमार्फत भारतको आलोचना गर्न लगाउँछन् ।

ओलीका गतिविधि जति भारत विरोध भएपनि नयाँदिल्लीका साथ लिएर फेरि प्रधानमन्त्रीमा दोहोरिने इच्छा जनाइसकेका छन् । ओली र भारतीय पक्षबीचको सम्बन्धका विषयमा कांग्रेस र माओवादी केन्द्रका नेताहरू पनि जानकार छन् । बाहिर जति नै भारतको विरोध गरे पनि एमाले र एमालेका नेताहरू भारतको समर्थन विना केही पनि गर्न सक्दैनन् भन्ने आरोप छ ।

भारतसँग महाकाली सन्धि गर्नमा ठूलो भूमिका खेलेका ओलीलाई राष्ट्रवादीको बिल्ला पनि भारतले नै लगाइदिएको चर्चा हुन थालेको छ । ओली र भारतीय पक्षको योजनामा नाकाबन्दी लगाएर एमाले र केपी ओलीलाई नायक बनाएको भन्ने आरोप एमालेभित्रै लाग्न थालेको छ । एमालेभित्र पनि भारतकै योजनामा ओली तिब्बत पुगेर चिनियाँ नेताहरूसँग वार्ता गरी आएको आरोप छ । नोलपानामा रिर्पोट छ ।

प्रकाशित मिति: Aug 1, 2017

प्रतिक्रिया दिनुहोस्