Logo
५ जेष्ठ २०८१, शनिबार
(August 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोर्खाल्याण्ड आन्दोलन : केन्द्र सरकारलाई १० दिनको डेटलाइन

काठमाण्डौ । जारी गोर्खाल्याण्ड आन्दोलनको नेतृत्व गरेको गोर्खा जनमुक्ति मोर्चा (गोजमो) ले ४९ दिन देखि जारी अनिश्चित कालिन हड्ताल रोक्ने वातावरण बनाउनका लागि हस्तक्षेप गर्न केन्द्र सरकारलाई १० दिनको समयसीमा दिएको छ । भारतीय अंग्रेजी अखबार दि इन्डियन एक्सप्रेसका अनुसार दार्जीलिङका सबै पार्टी सम्मिलित ३० सदस्यी गोर्खा मुभमेन्ट कोर्अडिनेशन कमिटि(जीएमसीसी) सर्वदलीय बैठकका लागि दिल्लीमा छ ।

‘हस्तक्षेपका लागि हामीले केन्द्रीय सरकारलाई १० दिनको समय सिमा दिएका छौं । अनिश्चित कालिन हडताल भएको ४७ दिन पुगिसक्यो । पहाड जलिरहेका बेला केन्द्रले हेरेर बस्न सक्दैन’ मोर्चाका महासचिव बिनय तामाङले आइबार संवाददाताहरुसँग भने ।
जीएमसीसीले पहाडमा जारी संकटवारे ‘ब्रिफ’ गर्न केन्द्रीय गृहमन्त्री राजनाथ सिंहसँग समय मागेको छ । ‘पहाडमा जारी संकटवारे जानकारी दिन हामीले केन्द्रीय गृहमन्त्री राजनाथ सिंहसँग भेटको लागि समय मागेका छौं ।

केन्द्रले ठोस पहल लिन आवश्यक छ,’ भारतीय गोर्खा परिसंघका अध्यक्ष सुकमन मोक्तानले भारतीय सरकारी समाचार संस्था पीटीआईसँग भने । प्रहरीले पहाडका सडकहरुमा गस्ती गरिहेको छ र सबै भित्रिने, बारिरिने नाकामा कडा निगरानी गरिरहेको छ। छुट्टै गोर्खाल्याण्डको लागि दवाव दिन गरिएको अनिश्चित कालिन हड्तालले समान्य जीवन कष्टकर बनेको छ। औषधि, व्यापार–व्यवसाय, होटल, स्कुल, कलेज सबै बन्द छन् । आन्दोलनमा अहिलेसम्म १० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति: Aug 1, 2017

प्रतिक्रिया दिनुहोस्