Logo
५ जेष्ठ २०८१, शनिबार
(July 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी संरचनागत रुपमा अघि बढ्दैछ राजपा नेपाल

काठमाडौं : विभिन्न छवटा दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल व्यवस्थापकीय सुधार गर्दै संगठित हुँदैछ । सो दलका नेताहरु अहिले संगठन निर्माणमा लागेका छन् । सोहि प्रयोजनका लागि साउन १८ गतेदेखि २० गतेसम्म पदाधिकारीको औपचारिक बैठक बस्दैछ भने २१ गते भातृ संगठनको बैठक तथा २२ गतेदेखि २४ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

यस्तै अहिले नेताहरु पार्टी परिचालन निर्देशिका, आर्थिक नियमावली तथा राजनीतिक प्रतिवेदनको तयारीमा जुटेका छन् । पार्टीलाई कसरी व्यवस्थित गर्ने भनि अध्यक्ष मण्डलले छ सदस्यीय छुट्टै सचिवालय बनाएको छ । त्यही सचिवालयले पार्टीको दस्तावेज तयार गर्ने कार्य गरिरहेको पार्टीले जनाएको छ । एकीकृत भएका छवटै दलको २० वटा भन्दा भातृ संगठनहरु रहेका छन् । ती सबैको समायोजना गर्ने काम पनि भइरहेको पार्टीका महासचिव केशव झाले जानकारी गराए ।

राजपा नेपालको अहिले आफ्नै भातृ संगठन छैन, पुराना पार्टीका भातृ संगठनहरु अहिले अलग अलग नै रहेका छन् उनीहरुलाई साउन २१ गते समायोजन गर्ने कार्य हुने बताइएको छ । युवा, महिला, विद्यार्थी, कर्मचारी, दलित, प्रध्यापक, शिक्षक, स्वास्थ्यलगायत विभिन्न भातृ संगठन निर्माण हुने बताइएको छ । अध्यक्ष मण्डलले यसअघि अनौपचारिक रुपमा पदाधिकारीहरुसँग पनि राय लिइसकेको छ ।

र्टीलाई व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सहअध्यक्षदेखि सहप्रवक्तासम्मका १०४ जना पदाधिकारीसँग अनौपचारिक छलफल सम्पन्न गरिसकेका छ । सोही छलफलका आधारमा अहिले पार्टी परिचालन निर्देशिका, आर्थिक नियमावली तथा राजनीतिक प्रतिवेदन तयार भइरहेको हो ।

साउन २२ गतेदेखि बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट पार्टीले एउटा आकार लिने विश्वास पार्टीका संयोजक महन्थ ठाकुरले लिएका छन् । उनी भन्छन्, ‘अहिले त छवटा दलको एकीकरण मात्र भएको छ, त्यसभित्र अहिले धेरै कुरा मिलाउन बाँकी छ, २२ गतेदेखि बस्ने केन्द्रीय कार्यसमितिबाट सबै कुरा मिलाइनेछ ।’

अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले भने, भौतिक ‘रुपमा एकीकरण भएपनि भावनात्मक रुपमा पाटीई एकीकरण भएको छैन, केन्द्रीय कार्यसमितिको बैठकपछि भावनात्मक रुपमा एकीकरण हुनेछ ।’  एकीकरणपछिको संरचना भद्रगोल देखिएको छ, त्यसलाई मिलाउने काम केन्द्रीय समितिको बैठकबाट हुने बताउँदै उनले पार्टीलाई सामूहिक नेतृत्वको विकास गर्दै समावेशी समानुपातिक बनाउने बताए ।

राजपा नेपालको पहिलो बैठक मधेशमा बस्ने तयारी थियो तर जम्बो कार्यसमितिका कारण त्यसखालको हल नपाएपछि बैठक काठमाडौंमै गर्न लागिएको नेताहरुको भनाई छ । रातोपाटीमा खबर छ । ८१५ जनाको केन्द्रीय कार्यसमिति नै रहेको छ । त्यसमा अन्य भातृ संगठन तथा आमन्त्रितहरुलाई बोलाउँदा एकहजार भन्दा बढीको सहभागिता हुने बुझिएको छ ।

सात दिनसम्म चल्ने सो बैठकका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाबाट आउने केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले आउने जाने, बास तथा रातीको खाना आफै व्यवस्था गर्नुपर्ने राजपा नेपालले नीति बनाएको छ । विहानको खाना र खाजा भने बैठकस्थलमै हुने छ ।

प्रकाशित मिति: Jul 31, 2017

प्रतिक्रिया दिनुहोस्