Logo
२२ बैशाख २०८१, शनिबार
(July 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन, विश्वका ‘स्टाइलिस’ १० नेता

 

barak

पूर्वअमेरिकी राष्ट्रपति ओबामा पोशाकको मामिलामा स्टाइलिस मानिन्छन् । अनौपचारिक अवस्थामा उनी कालो पेन्ट र प्लेन सर्ट लगाउछन् । उनी बेला–बेलामा टी–सर्ट र स्पोर्ट सुज लगाउँछन् ।

भ्लादिमिर पुटिन

vyaladimir

रसियाका राष्ट्रपति पुटिन विभिन्न कारण बेलाबेलामा चर्चामा आइरहन्छन् । उनी पनि स्टाइलिस नेताका रूपमा चिनिन्छिन् । सुट पेन्ट लगाउनुमा सोखिन उनको फेबरेट ब्रान्ड ‘किटोन’ र ‘ब्रिओनी’ हो । उनी प्रायः कालो, खैरो र निलो रंग मन पराउँछन् । उनको मनपर्ने टाई भलेन्टिनो टाइ हो ।

मलकोल्म तुर्नबुल

malkolma

सन् २०१५ मा अस्ट्रेलियाका प्रधानमन्त्री भएका तुर्नबुल पोशाक लगाउने सन्दर्भमा चर्चित छन् । उनीसँग विभिन्न डिजाइनका कपडाहरूले भरिएको ठूलो दराज रहेको बताइन्छ ।

जस्टिन ट्रडेउ

jastin

क्यानाडाका २३ औं प्रधानमन्त्रीका रूपमा रहेका ४६ वर्षीय उनी औपचारिक कार्यक्रमहरूपछि जिन्स पेन्ट लगाउँन रुचाउँछन् । उनी रंगीन मोजा मन पराउँछन् ।

नरेन्द्र मोदी

modi

२०१४ मा १४ औं प्रधानमन्त्रीका रूपमा उदाएका मोदी पनि पोशाकको मामिलामा स्टाइलिस नेताका रूपमा चिन्छिन् । कुर्ता पाइजामा र बन्डीमा देखिने उनले ओभरकोट समेत लगाउन मन पराउँछन् । पहेँलो गेरुवस्त्रमा समेत बेला–बेलामा देखिन्छन्, उनी ।

हिना रब्बानी खार

hina

२०११ देखि ०१३ सम्म पाकिस्तानको विदेशी मन्त्रालय सम्हाल्दा उनी ३४ वर्षकी थिइन् । उनको सुन्दरता र स्टाइलिस डे«सअपको निकै चर्चा भएको थियो । उनी प्रायः कुर्ता लगाउँछिन् । हातमा उनको कालो ब्याग टुट्दैन । उनी एकैथरीका लुगा लगाउँछिन् ।

यिङलुक सिनावात्रा

sinawatra

सन् २०१४ मा थाइल्यान्डकी प्रधानमन्त्री भएकी सिनावात्रा पनि स्टाइलिस नेतृका रूपमा चिनिन्छिन् । उनी पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी बहिनी हुन् । ५० वर्षीया सिनावात्राको पहिरनमा छुट्टै पहिचान छ । घुँडाभन्दा माथिको भाग मात्रै छोपिने स्कट लगाउँछिन् उनी । परम्परागत थाई कपडा उनी प्रायः लगाउँदिनन् ।

आङसाङ सुकी

aansangsuki

म्यानमारमा प्रजातन्त्र पुनर्बहाली गर्न जीवनभर संघर्ष गर्ने सुकी पनि संसारका ‘स्टाइलिस’ नेतृको रूपमा चिनिन्छिन् । लामो समय नजरबन्दमा रहेकी उनी प्रायः परम्परागत पोशाक लगाउँछिन् । उनको शिरमा सधंै एउटा फूल हुने गर्छ ।

लउरा छिनछिला

laura

सन् २०१० देखि २०१४ सम्म कोस्टारिकाको ४६ औं राष्ट्रपतिको पद सम्हाल्दा उनी ५१ वर्षकी थिइन् । उनी पहिलो महिला राष्ट्रपति समेत थिइन् । तर आधा दशकको उमेरमा समेत उनी कुनै मोडल जस्ती देखिन्थिन् । सधंै आधुनिक पोशाक बोल्ड तरिकाले लगाउँछिन् । सुट पेन्ट मन पराउने उनी पोशाककै कारण चर्चामा थिइन् ।

हिलारी क्लिन्टन

hilari

सन् २०१६ मा डोनाल्ड ट्रम्पसँगको चुनावी मैदानमा पराजित अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि पोशाकको सन्दर्भमा ‘स्टाइलिस’ नेतृ मानिन्छन् । ७० वर्षीय उनी आफ्नो डे«सअपलाई मेन्टन गर्छिन् । उनी पेन्ट सुट बढी लगाउछिन् । एजेन्सी ।

प्रकाशित मिति: Jul 31, 2017

प्रतिक्रिया दिनुहोस्