Logo
२२ बैशाख २०८१, शनिबार
(July 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तान: ससुराले बहाल गरे, ज्वाइँले अयोग्य बनाइदिए

पाकिस्तानको सर्वोच्च अदालतको कोठा नम्बर एकको दृश्य २४ वर्षअघि सन् १९९३ भन्दा निकै फरक थियो । चौबिस सालअघि जब तत्कालिन प्रधानमन्त्री नवाज शरीफको सरकार बहाल गर्न सर्वोच्च न्यायालयको बेञ्चको बैठक बसेको थियो, त्यतिबेलाका प्रमुख न्यायाधीस नसीम हसन शाहले प्रधानमन्त्री र उनको मन्त्रिमण्डललाई बहाल गरेका थिए ।

प्रधानमन्त्रीलाई तत्कालिन राष्ट्रपति गुलाम इसहाक खानले भ्रष्टाचारको आरोपमा संविधानको धार ५८ (२ बी) अनुसार हटाएका थिए । १५ जुन १९९३ र २८ जुलाई २०१७ मा यति मात्र अन्तर थियो कि त्यतिबेला उनी वादी थिए भने अहिले प्रतिवादी । नवाज शरीफ र उनको सरकार बहालीको समय सायद त्यति धेरै मानिस अदालतमा उपस्थित थिएनन् जति उनलाई अयोग्य घोषणा गर्ने दिन थिए ।

मानिसहरु फैसला सुनाइनुभन्दा २ घण्टाअघि नै अदालतको कोठा नम्बर १ मा पुगेका थिए । मानिसहरु यति धेरै खचाखच थिए कि प्रमुख न्यायाधीस साकिब निसारले सुरक्षामा ध्यान दिन आदेश नै दिनुपरेको थियो । अदालतमा धेरै मानिसका कारण हल्ला धेरै भएपछि न्यायाधीसहरुले माइकबाट उनीहरुलाई चुप बस्न समेत भन्न परेको थियो ।

अदालतमा उपस्थित सबैको ध्यान न्यायाधीसहरुको ढोकामा थिए, जुन खुल्ने बित्तिकै प्रधानमन्त्रीसहित कयौँका राजनीतिको ढोका बन्द हुने वाला थियो । अदालतमा उपस्थित मानिसहरुले त्यहाँको भित्तामा राखिएको पूर्व न्यायाधीस साहिबानका तस्विर हेरिरहेका थिए र त्यहाँ रहेका अन्य केही न्यायाधीसहरु, जसले सैन्य तानाशाहलाई समर्थन गरेका थिए, बारे टिप्पणी गरिरहेका थिए ।

 

न्यायाधीस खोसा, पूर्व प्रमुख न्यायाधीसका ज्वाइँ 

अदालतमा वरिष्ठ राजनीतिज्ञ जावेद हाशमीको बयानको बारेमा पनि कुरा भएको थियो जसमा उनले अब संविधानबाट ५८ (२ बी) समाप्त गरिएको छ र अब राजनीतिज्ञहरुमाथि संविधानको अनुच्छेद ६२ र ६३ को आधारमा कारवाही हुनेछ । न्यायाधीस आसफ सइद खान खोसा, जो दिवंगत प्रमुख न्यायाधीस नसीम हसन शाहका ज्वाइँ हुन् । उनको नै अध्यक्षतामा सर्वोच्च अदालतमा पाँच सदस्यीय गठित बेन्चले प्रधानमन्त्री र उनको परिवारमाथि दयार गरिएको याचिकाको सुनवाई गरेका थिए ।

फैसला सुनाउन जब न्यायाधीसहरु अदालतमा आइपुगे, कोठा सुनसान बनेको थियो । यस्तो लाग्थ्यो कोठामा कोही पनि छैन । निर्णय सुनाउँदा अदालतमा सत्तारुढ दलसँग सम्बन्ध राख्ने सदस्यहरुको मुहारमा गम्भिरता छाएको थियो भने पाकिस्तान तहरीक–ए–इन्साफका नेताहरुको मुहारमा रौनक प्रष्ट देखिन सकिन्थ्यो । पाकिस्तान पिपुल्स पार्टीका एक प्रतिनिधिमण्डल पनि अदालतमा उपस्थित थिए । उनीहरु सत्ताधारी दलका सांसदहरुलाई आफूहरु फैसला सुन्न मात्र आएको, लडाइँ गर्न होइन भन्दै नरिसाउन भन्दै थिए ।

सर्वोच्च अदालतमा जब नवाज शरीफको अयोग्यताको फैसला सुनाएपछि त्यहाँ उपस्थित पीटीआईका कार्यकर्ताहरुले नारा लगाएका थिए जसमाथि अदालतले हस्तक्षेप गर्न परेको थियो । फैसलापछि अदालतका वरिष्ठ वकिल यही चर्चा गरिरहेका थिए कि ससुरा (नसीम हसन शाह) ले नवाज शरीफको सरकारलाई बहाल गरे तर उनको ज्वाइँ (न्यायाधीस आसिफ सइद खोसाल) प्रधानमन्त्रीलाई अयोग्य करार दिए ।

शहजाद मलिक, एजेन्सी

प्रकाशित मिति: Jul 30, 2017

प्रतिक्रिया दिनुहोस्