Logo
२२ बैशाख २०८१, शनिबार
(July 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वाथ्यमन्त्रीले यी भ्रष्टहरुलाई कहिले कारबाही गर्ने ?

काठमाडौं, १५ साउन । स्वाथ्य मन्त्रालयमा माओवादी केन्द्रका नेता गिरीराजमणी पोखरेल यतिबेला स्वाथ्य मन्त्रीका रुपमा आएका छन् ।

स्वाथ्य क्षेत्रमा देखिएको विकृती विसंगतीलाई चिरफार गर्न भन्दै आफू स्वाथ्य मन्त्री बनेको बताउने पोखरेल माथि चुनौतीनै चुनौती छ ।

यसअघि स्वाच्छ छवीका रुपमा लिइने गगन थापा प्रचण्ड सरकारको पालामा स्वाथ्यमन्त्री बने । उनले केही नितिगत सुधार गर्न खोजेपनि भ्रष्ट कर्मचारीलाई तह लगाउन नसकेको ज्वालन्त उदाहरण जिवितै छ । यस्तो अवस्थामा पोखरेलले कसरी काम गर्लान् यतिबेला सबैको चासोको विषय बनेको छ ।

मन्त्रालय, विभागमा भ्रष्टहरुको जालो

स्वाथ्य मन्त्रालय र सो मातहतका विभाग यतिबेला भ्रष्टहरुको थलो बन्दै गएको छ । मन्त्रालय र सो मातहतका कर्मचारीहरु सबैभन्दा बढी भ्रष्टाचार गर्न माहिर देखिन्छन् । मन्त्रालय र सो मातहतका विभागहरुमा जान उच्च कर्मचारीदेखि तल्लो स्तरका कर्मचारीहरु समेत मरिहत्ते गर्ने गरेको समाचार शुत्र बताउछ ।

यसको ज्वालन्त उदाहरण हो, गगन थापा मन्त्री बन्दा उनीकी श्रीमतीसँग साठँगाठ गरी थापाका ससुरा केदारनरसिह केसीले स्वाथ्य सेवा विभागमा डा. राजेन्द्र पन्तलाई महानिर्देशक बनाउन सफल भएका थिए । भ्रष्ट छविका रुपमा मानिने पन्त यतिबेला कमाउधन्दामा तल्लिन रहेको समाचार स्रोत बताउँछ ।

उच्च समाचार स्रोतका अनुसार, उनले विभिन्न नाममा विभाग अन्तर्रगत–महाशाखा,उपशाखाका प्रमुखहरुसँग मोटो रकम लिने गरेका छन् । विभागमा अहिले उनको राजनै चल्ने गरेको छ । अहिले स्वाथ्य सेवा विभाग उनको कब्जामा परेको एक कर्मचारीले बताए ।

उसो त, स्वाथ्य मन्त्रालयनै भ्रष्टहरुको अखडामा बदलिन थालेको छ । त्यसको ज्वालन्त उदाहरण हो,– मन्त्रालय अन्तरर्गतको वैदेशिक महाशाखाका भोगेन्द्रराज डोटेल हिजआज कमाउधन्दामा तल्लिन छन् । मन्त्रालयबाट विदेश भ्रमणमा जाने कर्मचारीलाई स्वीकृत दिनुपरेमा उनले प्रत्येकबाट पैसा नखाई स्वीकृत दिनै नमान्ने गरेको मन्त्रालयका एक कर्मचारीले न्यूज अभियानलाई जानकारी दिए ।

ती कर्मचारीले भने,‘मन्त्रालयका कुनै कर्मचारी विदेश भ्रमणमा जानका निम्ति स्वीकृत लिनुपर्यो भने पहिला डोटेल सरलाई कमिशन बुझाउने हो, अनिमात्रै स्वीकृत पाइन्छ ।’

त्यसो त, मन्त्रालय अन्तरर्गतको बाल स्वाथ्य महाशाखाका निर्देशक विकास लामिछाने पनि आफ्नो कमाउधन्दालाई कमि गराएका छैनन् । समाचार स्रोतका अनुसार, लामिछानेले गगनका ससुरा केदारलाई खुसी बनाएर सो शाखामा आउन सौभाग्य मिलेको थियो । उनी यतिबेला भ्रष्ट उच्चअधिकारीका रुपमा चिनिने गरेका छन् । यिनलाई यतिबेला मन्त्रालयकै कर्मचारीहरुले सुरासुन्दरी भोगीको उपादी समेत दिइसकेका छन् ।

उता, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. भिम आचार्य पनि यतिबेला कमाउधन्दामा तल्लिन छन् । कहाँ कसरी पैसा खान पाइन्छ भन्नेमा मात्रै उनको ध्यान जादाँ महाशाखा यतिबेला लथालिङ बन्नुका साथै कुनै कर्मचारीले समेत उनलाई नटेर्ने गरेको समाचार स्रोत बताउँछ ।

यता, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रणका निर्देशक तरुण पौडेल समेत कमाउधन्दामा तल्लिन छन् । उनले राई थरका लेखा अधिकृतलाई आफ्नो हातमा लिई महाशाखाको लाखौं रकम कुम्लाउने र कमिशनमा समेत उनले उत्तिकै ध्यान दिने गरेको समाचार स्रोत बताउँछन ।

यसरी स्वाथ्यमन्त्रालय र सो मातहतका विभाग निकायहरुमा भ्रष्ट कर्मचारीहरुले राजाईँ गरिरहेका छन् । पछिल्लो पटक मात्रै, एक विभागिय सह–सचिव स्तरको अधिकारीले आफ्नै तल्लो स्तरको कर्मचारीसँग दश हजार घुस लिर्दै गरेको घटना पर्दाफास भएपछि पनि मन्त्रालय र सो मातहतका विभागहरु घुस्याहरुको अखडा बनेको प्रष्ट्याउछ ।

ती अधिकारीले कार्य सम्पादन मुल्यांकनमा आफ्नै कर्मचारीबाट पैसा असुलेका थिए । यसरी खुलेआम मन्त्रालय र सो मातहतका निकायहरु भ्रष्टहरुको अखडा बनेका छन् । ती निकायहरुका अधिकारीहरुले आफ्नो कमाउधन्दालाई बडवा दिन आफू अनुकुलका कर्मचारीहरु आफ्नो निकायमा ल्याउन तल्लिन हुने गरेको बताइन्छ ।

समाचार स्रोतले भन्यो,‘हाम्रा हाकिमसाबहरु कसरी बिल/भरपाई मिलाउने हो ? नक्कली विल कसरी मिलाउन सकिन्छ र आफ्नो पाकेटमा पैसा पर्छ भन्ने तर्फ ध्यान छ ।’

यस्तै, मन्त्रालय र सो मातहतका उच्च अधिकारीहरु नक्कली टिएडिए बनाई राज्यकोष दोहन गर्न समेत तल्लिन हुने गरेको समाचार शुत्र बताउँछ । यता, हरेक स्वाथ्य मन्त्रीहरु तीनै भ्रष्ट कर्मचारीहरुको फन्दामा पर्दा स्वाथ्य क्षेत्र झन पछि झन अस्तव्यस्त बन्दै गइरहेको टिप्पणी गर्न थालिएको छ । यो बेला माओवादी केन्द्रबाट मन्त्री बनेका पोखरेलले अब के गर्लान ? त्यो हेर्न बाँकी छ ।

खडा तोड्न नसके उनी र सिंगो माओवादी केन्द्रनै बदनाम हुने कतिपयले टिप्पणी गर्न थालेका छन् । यस्तो अवस्थामा नियामक निकायहरु समेत सजक हुन जरुरी रहेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति: Jul 30, 2017

प्रतिक्रिया दिनुहोस्