Logo
२४ बैशाख २०८१, सोमबार
(July 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ शक्तिलाई चिन्ह नदिने : ‘दुखःको बेला सहयोग गर्ने हामि, अनि अहिले मँपाई किन ?’

काठमाण्डौ । सघिंय समाजवादी फोरमले आफूहरुसंग एकिकरण नगरेको झोकमा अब नयाँशक्तिलाई आफनो चुनाव चिन्ह प्रयोग गर्ननदिने निर्णय गरेको छ । स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँ ठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको भन्दै संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न नदिने भएको छ ।

समाजवादी फोरमको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको खबर छ ।’बाबुरामजी घरको न घाटको हुदा हामीले सहयोग गरियौं, हामिलाई मधेशमा कति आलोचना सहनु परियो त्यो हामिलाई थाह छ’ फोरमका एक एक नेताले भने ‘दुखःको बेला सहयोग गर्ने हामि, अनि अहिले मँपाई किन ?’

बैठकमा पार्टीका केन्द्रीय नेतामध्ये अधिकांशले नयाँ शक्तिसँगको कार्यगत एकताबाट पार्टीलाई घाटा भएको विश्लेषण सुनाए ।

प्रकाशित मिति: Jul 29, 2017

प्रतिक्रिया दिनुहोस्