Logo
८ जेष्ठ २०८१, मंगलबार
(July 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले भने ‘कृषि पेसाको संरक्षक नै कुशवाहा समुदाय हो’ (भिडियो सहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अगामी चुनाव अगावै संविधानको केहीबुदा संशोधन हुने बताएका छन । नेपाल कुशवाहा कल्याण समाजले कृतिपुर स्थित आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले एउटा पक्षले पास भएपनि नभएपनि संशोधन प्रस्तावमाथी छलफल गर्नूपर्ने र अर्को पक्षले प्रस्ताव ल्याउनै नदिने परिस्थितीवीच सरकारले बिचको बाटो निकाल्दै केहि बुदामा संशोधन गर्ने तयारी थालेको बताए ।

उनले मधेशी समुदाय अन्तरगत कुशवाहा समुदायलाई उत्थान गर्न यो सरकारले सबैकिसिमको प्रयास गर्ने बताउदै कृषि पेसाको संरक्षक नै कुशवाहा समुदाय रहेको बताए । “कुशवाहा समुदाय प्रति मलाई निकै मया छ, यो समुदायले नै हो कृषि कार्यलाई संरक्षण गरेको छ ।”  उनले भने “तराकारी खेतिलाई आधुनिकीकरण कसरी गर्न सकिन्छ ? र कुशवाहा सहितका कृषकलाई कसरी ब्यवसायिक बनाउन सकिन्छ ? त्यसका लागि सरकार अध्ययन-अनुसंधान गरिरहेको छ ।”

कुशवाहा समुदायका तर्फबाट राखी बाधिएका थिए भने देउवाले सिगो कुशवाहा समुदाय प्रति आफू भाइ जस्तो भूमिकिा निर्वाह गर्ने बताएका थिए । कार्यक्रममा समाजका अध्यक्ष तपेश्वर महतोले प्रधानमन्त्री देउवालाई ताम्रपत्र सहित सम्मान गरेका थिए ।  त्यस्तै कार्यक्रममा कुशवाहा सांसदहरु सिताराम मेहता, हरेस महतो लगायतले आफना मन्तब्य राखेका थिए ।

 

२६ औँ स्थापना दिवस,लव-कुश पूज्नोउत्त्सव 

नेपाल कुशवाहा कल्याण समाज उपत्यका कार्य समितिले समाजको “२६ औँ स्थापना दिवस,लव कुश महोत्सव तथा सम्मान कार्यक्रम” भव्यताको साथ सम्मपन गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा केन्द्रिय अध्यक्ष तपेश्वर महतो, पुर्वअध्यक्ष तथा सांसद सिताराम मेहता, सांसद हरेस महतो, समाजका केन्द्रिय सचिव तथा बरिष्ट पत्रकार वीरेन्द्र केएम लगायतका समाजका बिष्टि व्यक्तिहरु उपस्थिति रहेको थियो ।

कार्यक्रममा लगभग ३ हजार कुशवाहा समुदायको पारिवारिक उपस्थिती रहेको थियो ।  प्रधानमन्त्री देउवालाई समाजको तर्फबाट अध्यक्ष तपेश्वर महतोले ताम्रपत्र सहित सम्मान गरेका थिए । समाजलाई योदान त्यस्तै समाजलाई योगदान दिदै आएका योगेन्द्र महतो, राम-चन्द्र महतो, सुर्य बहादुर कोईरलाई पनि सम्मान गरिएको छ ।

त्यस्तै, महोत्तरीकी रश्मि श्री सिंहले एसईई परीक्षा २०७३ मा उत्कृष्ट अंक हासिल गरेको भन्दै प्रधानमन्त्री देउवाको हातबाट रामपृत लालोदेवी स्मृति पुरुस्कारद्धारा सम्मानित भएकी छन । प्रधानमन्त्री देउवाले सोही क्रममा रश्मि सहित ३ छात्र र ३ छात्रालाई पनि सम्मानित गरेका थिए ।  छात्रतर्फ आलोक कुमार महतो प्रथम, नविन कुमार महतो द्वितीय र सुरज मेहताले तृतिय स्थान हासिल गरेका छन ।

राजधानी स्थित त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा आयोजित कार्यक्रमकावीच प्रधानमन्त्री देउवाले उनलाई सम्मानपत्र, डिसनरी, फूलमाला र अविर लगाएर सम्मानित गरेका हुन ।  नेपाल कुशवाहा कल्याण समाज उपत्यले प्रत्येक बर्ष रक्षाबन्धनको अवसर पारेर राजधानीमा विद्यार्थी सम्मान सहितका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन ।

 

भिडियो :

प्रकाशित मिति: Jul 28, 2017

प्रतिक्रिया दिनुहोस्