Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई–मधेससँगको सम्झौता द्रुपद र द्रोणाचार्यको प्रसंग जस्तै !

महाभारतका पात्रहरुमध्ये द्रुपद र द्रोणाचार्य अविस्मरणीय पात्र हुन् । यी दुई गुरुकुलमा हुंदा नै परम मित्र थिए र द्रुपदले द्रोणाचार्यको आर्थिक विपन्ताको कारण व्यक्तिगत कार्य गराउनको लागि एउटा गोप्य सम्झौता गरे त्यो थियो “द्रुपद राजा भए पछि द्रोणलाई उचित कार्यमा स्थान दिने” । गुरुकुलको अध्ययन पश्चात द्रुपद राजा भए र द्रोण गृहस्थ भई पारिवारिक कार्यमा लागे । तर, जिवन कठिन हुंदै गए अनि एकदिन द्रोण द्रुपद कहा‘ गए तर, त्यहा‘ उनी अपमानित भए राजा वाट ।

-प्रा. विजय दत्त

एकदिन कौरव र पाण्डवको भाई(भाईमा खेल हुंदा महत्वपुर्ण अंगुठी ईनारमा झरेछ र त्यतिखेर नै द्रोण आफ्नो धनु विद्याको प्रभावले तिरै तिरवाट त्यो अंगुठी निकाल्न सफल भएपछि ,गुरु दझिणामा अर्जुनले द्रुपदलाई वन्दी वनाई गुरुको अगाडी ल्याई दिए र सो समयमा द्रुपद र द्रोणाचार्य विचको गुरुकालिन सम्झौता सवै जनमानसमा थाहा भए । यो दुई पझविचको सम्झौतामा एकसय पा‘च कौरव र पाण्डव पनि शिकार वनाईए र दुख भोग्नु परे सवैलाई वर्तमान नेपालीय राजनितिमा पनि कांग्रेस र मधेश केन्द्रित दलमा सम्झौता मात्र भएका छन् जसको तिथि र मिति एकपटक हेु्र्नु आवश्यक हुन्छ ।

यस प्रकार हेर्दा नेपाली कांग्रेस र मधेशी दलहरु वीच यी माथिका मात्र चारवटा सम्झौता हैन ००८ सालको वेदानन्द झा तराई कांग्रेस,०१५ सालको मधेसीजन क्रान्तीकारी दल का रघुनाथ ठाकुर मधेसी , ०४६ सालको नेपाल सदभावना परिषदका गजेन्द्र नारायण सिहं,०६४ पुष १३ गते तराईरमधेश लोकतान्तान्त्रिक पार्टी महन्थ ठाकुर समेत संग नेपाली का‘ग्रेस नै सम्झौता गरेका थिए ।

तथ्याङ्क र पुष्टिका आधारमा भन्न सकिन्छ कि विगत्मा मधेस केन्द्रित दलका शीर्ष नेताहरुले नेपाली कांग्रेस पार्टीको महत्वपूर्ण जिम्मेवारी छाडेर तराई–मधेसका आन्दोलनमा विगत् देखि वर्तमान समय सम्म लागेका थिए र लागेका छन् जसमा वेदानन्द झा, रघुनाथ ठाकुर, गजेन्द्र नारायण सिंह, महन्थ ठाकुर, अमर यादव, विजयकुमार गच्छदार, जयप्रकाश गुप्ता, शरत्सिंह भण्डारी यसका अतिरित्त नेकपा एमालेबाट असन्तुष्ट भई उपेन्द्र यादव र महेन्द्र यादव समेत पार्टी छाडेर भधेस केन्द्रित दलहरुका शीर्ष नेता बनेका छन् ।

अहिले प्रदेश नं २ को लागि पनि १२७ वटा स्थानिय वाट अझै वढाउने र के के गर्ने ? आदि सवै संशोधन र सम्झौता गरेका छन तर वल्ल राजपाले वधेछन कि दोषी त द्रुपद हुन नकि द्रोण । अव वल्ल अलि अलि राजपाले वुझ्न थालेका छन दोषी त अरु हैन नेपाली का‘ग्रेस नै हो । थाहा भो “ कालो त मुखमा पो लागेछ, एैना पुछेर के हुन्छ र ? (गालिवको शेर) अव द्रुपद हैन द्रोणको अठोट गरेर सरोकारवालाहरुले अगाडी जानु पर्दछ र मित्र शक्ति कुन हो पुनस् सोच्नु पर्ने वेला आएको छ ।

अर्का ठगि वैसाखीमा हैन उचित वैसाखीमा हिड्नु पर्ने वेला भएको छ । निष्कर्ष यसरी २००८ साल देखि २०७४ साल सम्मको राजनितिक रुपमा तराई–मधेससंग नेपाली कांग्रेस नै सम्झौता गरेको तर ती सिम्भलौता कार्यान्वयनको आश्था शून्य प्रतिशत रहेको र वेदान्द झा देखि महन्थ ठाकुर सम्मको बाध्यात्मक नेतृत्व जन्माएको देखिन्छ ।

तर कांग्रेसले यसको लागि जिम्मेवार आफू नभइ अरुलाई दिने गरेकोले मुलुकमा रा.ज.पाको जन्म र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको तितो प्रत्यक्ष वार्ता महन्थ ठाकुरसँग भएको देखिन्छ । नेपाली कांग्रसले समस्या समाधानको लागि आफू नै जिम्मेवार हुनुपर्दछ नकी अरुलाई दोष दिएर ।

प्रकाशित मिति: Jul 27, 2017

प्रतिक्रिया दिनुहोस्