Logo
५ जेष्ठ २०८१, शनिबार
(July 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्रधानमन्त्री नपाएपछि भड्किए कमल थापा

काठमाण्डौ : राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्काल सरकारमा सामेल नहुने सङ्केत दिएको छ । उपप्रधानमन्त्रीसहित कम्तीमा दुई मन्त्रालय माग गर्दै आएको राप्रपालाई उपप्रधानमन्त्रीको हैसियत नदिइने भएपछि राप्रपा सरकारमा समावेस भएन ।

सरकार गठन लगायतका विषयमा वार्ता गर्न महामन्त्री जयन्त चन्दको नेतृत्वमा गठन गरिएको तीन सदस्यीय वार्ता समिति पनि सो पार्टीले भङ्ग गरिदिएको छ ।

राप्रपाले सरकारमा  सहभागीताको विषयमा अपमानित हुने काम गरिएको भन्दै सरकारमा नजाने निष्कर्षमा पुगेको छ । राप्रपाले विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि तयार गरेको वार्ता समिति पनि विघटन गरेको घोषणा गरेको छ ।

“हामीलाई अपमानित गर्ने काम भयो,” राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले, “उपप्रधानमन्त्रीसहित चारवटा मन्त्रालय दिने भनिएको थियो तर अहिले पूर्णरुपमा बेवास्ता गरियो ।

अहिले सरकारमा जाने च्याप्टर क्लोज गरेका छौं तर सरकारलाई दिएको फिर्ताका बारेमा कुनै निर्णय भैसकेको छैन ।” सरकार गठन लगायतका विषयमा सरकारको नीति के हो भनेर वार्ता समिति बनाएको भए पनि बेवास्ता गरिएको उनले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेकै बेला सत्ता साझेदार राप्रपाको यस्तो निर्णय आएको हो ।

 

 

प्रकाशित मिति: Jul 26, 2017

प्रतिक्रिया दिनुहोस्